बुधबार, चैत ६, २०८१

प्रदेश सरकारले ५ करोड खर्चेर किनेका वारुणयन्त्र अलपत्र

प्रदेश २ सरकारले प्रत्येक वर्ष आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि भन्दै खरिद गरेका ९ वटा वारुणयन्त्र प्रयोगविहीन अवस्थामा रहेको छन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले प्रत्येक वर्ष आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि भन्दै खरिद गरेका ९ वटा वारुणयन्त्र प्रयोगविहीन अवस्थामा रहेको छन्। प्रदेश सरकारले गत जेठ २८ गते ५३ लाख रुपैयाँका दरले ४ करोड ७७ लाख रुपैयाँमा ती वारुणयन्त्र खरिद गरेको थियो।  

health

खरिद गरिएका वारुणयन्त्र ८ वटै जिल्ला प्रशासन कार्यालय र एउटा २ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने योजना प्रदेश सरकारको थियो। तर अहिले प्रदेश प्रहरी कार्यालयले ती वारुणयन्त्र जिम्मामा लिन अस्वीकार गरेको छ। 

वारुणयन्त्र सञ्चालनमा लाग्ने खर्च व्यवस्थापन नभएसम्म आफूहरुले जिम्मा नलिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। वारुणयन्त्र सञ्चालन गर्न आवश्यक पर्ने इन्धन र मर्मत सम्भारका लागि बजेट माग गरेपछि प्रदेश सरकार असमञ्जस्यतामा परेको छ। 

तत्कालीन आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादवले सञ्चालनसम्बन्धी कार्यविधि नै नबनाई कमिशनको लोभमा ९ वटा वारुणयन्त्र हतारमा खरिद गरेको आरोप लगाइएको छ। ती वारुणयन्त्रहरु प्रदेश प्रहरीलाई जिम्मा लगाउने बताइए पनि वर्तमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रहरी अझै प्रदेश मातहतमा आउन नसकेकोले त्यसमा लगानी गर्न नहुने बताउँछन्।

प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रञ्जितकारले वारुणयन्त्र चलाउन जनशक्ति दिन तयार रहे पनि सञ्चालनका लागि चाहिने ईन्धन, मर्मत सम्भारका लागि खर्च प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने बतताए। 

डीआइजी रंजितकारले भने, ‘हामीसँग भएका गाडीहरु समेत सञ्चालनका लागि इन्धन तथा मर्मतका लागि बजेटको अभाव छ। यस्तो अवस्थामा थप सवारीका लागि चाहिने इन्धन तथा मर्मतको खर्च हामी कहाँबाट ल्याउछौँ?’ 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्र यादवले खरिद गरिएका ती वारुणयन्त्रहरु प्रदेश प्रहरीलाई हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको बताए।

प्रकाशित: Aug 09, 2021| 17:49 सोमबार, साउन २५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।