काठमाडौं- नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका हुन्।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए।