मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

बुटवल- सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

National life

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल  इजलासले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएको हो। अन्तरीम आदेशका लागि कार्तिक २ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। 

‘अन्तरिम आदेशको टुंगो नलागे सम्म प्रतिनिधि सभा सदस्य निर्वाचन रुपन्देही जिल्ला क्षेत्र नं. २ का निर्वाचन अधिकृतको मिति असोज २५ को निर्णय कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुको नाउमा अल्पकालिन अन्तरिम आदेश जारी गरी दिएको छ, ’ आदेशमा भनिएको छ। 

एकीकृत समाजवादी पार्टीका नेतासमेत गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो। तर, गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रकाशित: Oct 17, 2022| 12:00 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।