मंगलबार, वैशाख २९, २०८३

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना, २३ जना घाइते

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

जनकपुरधाम- सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा४ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

National life

बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले बताए।

घाइतेमध्ये तीन वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ।

बसका सह-चालक झापाको मेचिनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नम्बर ९ का बस चालक दीपक बोहराका तीन वर्षीया छोरी प्रिन्स बोहराको अवस्था गम्भीर रहेको छ।

यस्तै, सो दुर्घटनामा परेर झापाको कामलजुरी गाउँपालिका २ बस्ने ४५ वर्षीया दिलमाया न्यौपाने, कमलजुरी गाउँपालिका २ बस्ने २५ वर्षीया शर्मिला न्यौपाने, मेचिनगर नगरपालिका ११ भैइजन बस्ने २१ वर्षीया सीता राई, मोरङको उर्लावारी नगरपालिका १ बस्ने ४८ वर्षीया कमला रिजाल, मकवानपुर हे.उ.न.पा. ३ बस्ने ३१ वर्षीय रमेश खाति, चितवनको रत्ननगर नगरपालिका १५ बस्ने ४८ वर्षीया सीता विक., काठमाडौँ १४ बस्ने ३६ वर्षीया सुमि सुव्बा, मोरङको पत्थरी सनिशचरे नगरपालिका ३ बस्ने ५५ वर्षीय नारायण प्रसाद खनाल, सुनसरीको रामधुनी नगरपालिका ७ बस्ने ४० वर्षीय कमला काफ्ले, भारतको आशाम बस्ने ३२ वर्षीय सौरब दास र सर्लाहीको हरिवन नगरपालिका ६ बस्ने २९ वर्षीय सोनु अधिकारीको अवस्था मध्यम रहेको छ।

१० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको उपचार सर्लाहीको अस्पतालमा भइरहेको छ।

प्रकाशित: Oct 17, 2022| 09:08 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।