मंगलबार, वैशाख २९, २०८३

धनकुटामा गुडिरहेको भ्यानमा आगलागी

धनकुटाको साँगुरीगढी-६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

National life

धनकुटा- धनकुटाको साँगुरीगढी-६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ।

तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नम्बर २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान सबेरै २ बजेर २० मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ। गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको बताइएको छ।

गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ। भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ।

प्रकाशित: Oct 17, 2022| 08:53 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।