मंगलबार, वैशाख २९, २०८३

अख्तियार नेपालगञ्जमा वर्षमा चार सय ७५ उजुरी

गत आव २०७८/७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका दुई सय ७३ उजुरी फछ्र्योट भएका थिए।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

खजुरा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा एक वर्षमा चार सय ७५ उजुरी दर्ता भएका छन्। 

National life

गत आव २०७८/७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका दुई सय ७३ उजुरी फछ्र्योट भएका थिए। जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आवको अन्त्यसम्म सात सय ४८ उजुरी फछ्र्योटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फछ्र्योट गर्न सफल भएको कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले बताए।  

आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आव २०७८/७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका एक सय ५६ र गत आवमा परेकामध्ये तीन सय ६८ गरी पाँच सय २४ उजुरी फछ्र्योट भएका छन्।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा आव २०७८/७९ को अन्त्यसम्मका सात सय ४८ मध्ये विस्तृत अनुसन्धानका लागि ३५ उजुरी गएका छन् भने एक सय ७७ सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको सङ्ख्या ३६ रहेको सूचना अधिकारी टण्डनको भनाइ छ। 

टण्डनका अनुसार दुई सय ७६ उजुरीमा अन्य कारवाही भएका छन्। सम्पर्क कार्यालयमा विभिन्न माध्यममार्फत परेका उजुरीमध्ये दुई सय २४ वटा चालू आर्थिक वर्ष २०७९/८० का लागि सरेर आएका छन्। अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा देशभर परेका उजुरीमध्ये ७० दलमलव ६ प्रतिशत उजुरी फछ्र्योट भएको जनाएको छ। 

चार जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म एक सय १६  उजुरी दर्ता भइसकेका छन्। विभिन्न माध्यमबाट एक सय १६ उजुरी दर्ता भएका हुन्। 

चालु आवको साउनमा ५६, भदौमा ३९ र असोजमा २१ उजुरी दर्ता भएका छन्। सम्पर्क कार्यालयमा हुलाकमार्फत ४२, समाचारपत्रमार्फत चार, लिखित निवेदन ३१, टोलिफोनबाट नौ, इमेलमार्फत ३० उजुरी दर्ता भएका थिए।

अहिले कार्यालयको फेसबुक पेज, हटलाइन नम्बर १०७, इमेललगायत माध्यमबाट उजुरी दिने व्यवस्था रहेको कार्यालयका सूचना अधिकारी टण्डनले बताए। उनका अनुसार अख्तियारमा सबैभन्दा बढी स्थानीय तहअन्तर्गत योजना विकास निर्माण, कर्मचारी नियुक्तिको प्रक्रिया, सरकारी जग्गा अतिक्रमण, सामुदायिक वनका विवाद, जस्ता उजुरी आउने गर्दछ।   -रासस

प्रकाशित: Oct 17, 2022| 08:22 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।