शनिबार, असार ६, २०८३

मोरङमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाइने

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाइने भएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाइने भएको छ। 

National life

मतदाता शिक्षा जिल्ला स्तरिय समिति मोरङले निर्वाचन आयोगले समय निर्धारण गरेपछि कार्यक्रम शुरु गर्ने गरि आईतबार तयारी बैठक बसेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षमा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, जिल्ला समन्वय समितिको सहभागिता रहेको थियो। 

बैठकले स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मत बदर बढेकाले मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने निर्णय गरेको छ। 

बैठकमा प्रमुख जिल्ला अधिकारी दाहालले निश्पक्ष, भयरहित र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्नका लागि आचारसंहिता पालनामा बढी केन्द्रीत हुन प्रमुख प्रशासकीय अधिकृतहरूलाई आग्रह गरे। उनले भने, ‘कात्तिक १७ गतेदेखि मात्रै आमसभा, घरदैलो लगायतका प्रचार प्रसारका कार्यक्रम गर्न पाईने आचार संहितामा उल्लेख भएकाले सोही अनुसार अनुगमनको कार्य गर्नुहोला।’ 

मतदान स्थलको व्यवस्थापन र सरसफाई लगायतका कार्यक्रमा पनि सहयोग गर्न उनले आग्रह गरे। स्थानीय तहमा बार्षिक स्वीकृत कार्यक्रम बाहेक अन्य कार्यक्रम सञ्चालन भए रोक्नुपर्ने उनले बताए। प्रमुख जिल्ला अधिकारी दाहालले मतगणना स्थलका लागि पनि निर्वाचन अधिकृतसँग समन्वय गरि व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे। 

Shivam cement

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चार माध्यमका साथै विभिन्न अभियानमार्फत कार्यक्रमहरु सञ्चालन गरिने बताए। उनले भने, ‘निर्वाचनमा सहभागी हुन्छ’ लगायतका अभियानहरु सञ्चालन गरिने छ।’ 

मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पालिका स्तरिय र वडा सचिवको नेतृत्वमा वडा स्तरिय समिति गठन गरिएको छ। पालिका र वडा स्तरिय समितिलाई निर्वाचन कार्यालयले मतदाता शिक्षा सामाग्री उपलब्ध गराउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।

प्रकाशित: Oct 17, 2022| 06:47 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...