मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते

तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

National life
kumari

तेहरान- तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच हिजो राति भएको झडप र आगलागीपछि सो दुर्घटना  भएको हो।  विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र  उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए। 

घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो।  प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो।

प्रकाशित: Oct 16, 2022| 20:45 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।