मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • एयूद्वारा इथियोपियाका प्रतिद्वन्द्वीहरूलाई शान्तिका लागि ‘पुनः प्रतिबद्ध’ बन्न आग्रह

एयूद्वारा इथियोपियाका प्रतिद्वन्द्वीहरूलाई शान्तिका लागि ‘पुनः प्रतिबद्ध’ बन्न आग्रह

अफ्रिकी संघ (एयू)ले उत्तरी इथियोपियामा करिब दुई वर्षदेखि जारी द्वन्द्वमा सम्लग्न पक्षलाई शान्ति वार्ताका लागि पुनः प्रतिबद्ध हुन आइतबार आह्वान गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- अफ्रिकी संघ (एयू)ले उत्तरी इथियोपियामा करिब दुई वर्षदेखि जारी द्वन्द्वमा सम्लग्न पक्षलाई शान्ति वार्ताका लागि पुनः प्रतिबद्ध हुन आइतबार आह्वान गरेको छ। 

इथियोपियाली र इरिट्रियाली सेनाको संयुक्त आक्रमणमा उत्तरपश्चिमी टिग्रेको शायर शहरमा केही दिनदेखि बमबारी भइरहेको छ।

एक लाख जनसङ्ख्या रहेको शायर शहरमा भएको आक्रमणमा परी एक जना सर्वसाधारणको मृत्यु भएको टिग्रेलाई राहत प्रदान गर्ने संस्था इन्टरनेसनल रेस्क्यु कमिटी (आईआरसी) ले शनिबार घोषणा गरेको छ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी शक्तिहरूसँग मिलेर बढ्दो हिंसा र यसले नागरिकहरूमा पारेको प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई ‘यस विनाशकारी द्वन्द्व’लाई शान्तिपूर्ण रूपमा समाधान गर्न आह्वान गरेका छन्। 

प्रधानमन्त्री अबी अहमदको सरकार र टिग्रियाली अधिकारीहरूले वार्ताका लागि एयूको निमन्त्रणा स्वीकारेका छन्। तर, दक्षिण अफ्रिकामा गत सप्ताहन्तमा सुरु हुने भनिएको वार्ता अझै हुन सकेको छैन।

kumari

एयू आयोगका अध्यक्ष मौसा फाकी महामतले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दक्षिण अफ्रिकामा एयूका उच्च प्रतिनिधिको नेतृत्वमा अन्तर्राष्ट्रिय समुदायको सहयोगमा उच्चस्तरीय टोलीले आयोजना गर्ने वार्तालाई निर्देशन दिने सहमतिअनुसार वार्तामा पुनः प्रतिबद्ध हुन अध्यक्षले दुबै  पक्षसँग आग्रह गर्नुभएको छ।'

वार्ताका लागि दक्षिण अफ्रिकाका पूर्वउपराष्ट्रपति फुमजिले म्लाम्बो एनकुका र केन्याका पूर्व राष्ट्रपति उहुरु केन्याटाले मध्यस्थता गरेका थिए। कूटनीतिज्ञहरूले बहुप्रतीक्षित बैठक अघि नबढ्नुमा केही हदसम्म बन्दोबस्ती, आपुर्ति र ढुवानीका मुद्दाहरू जिम्मेवार रहेको बताएका छन्।

प्रकाशित: Oct 17, 2022| 05:45 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।