मंगलबार, वैशाख २९, २०८३

सामाजिक सञ्‍जालमा कडाइ

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

National life

फुङ्लिङ- आगामी प्रतिनिधिसभा र  प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको हो। 

फेसबुक सहितका सामाजिक सञ्जाल प्रयोग गरेर कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सूचना सम्प्रेषित गर्ने कार्य भएमा कडाइका साथ प्रस्तुत हुने प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

सरकारी कर्मचारी, शिक्षक तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटरलगायत अन्य सामाजिक सञ्जाल प्रयोग गरेर कसै उम्मेदवारको पक्ष वा विपक्षमा आफ्नो टिप्पणी लेख्ने, अरुले लेखेको सामग्री शेयर गर्ने तथा लाइक वा कमेन्ट गर्ने कार्य गरेमा कडाइका साथ कारबाही गर्ने योजना बनेको जिल्ला न्यायाधीश तथा  मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले बताए।


प्रकाशित: Oct 16, 2022| 22:50 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।