सिरहा- सिरहाको सवैला नगरपालिका-१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट एक थान कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुरलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र २–०१–००२ प ३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरले प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला परेको प्रहरीको भनाइ छ।
हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ।