शुक्रबार, असार ५, २०८३

११ कात्तिकदेखि हुँदै नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुने।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११औं संस्करण आउँदो ११ देखि १५ कात्तिकसम्म हुने भएको छ।

National life

नेपालका लागि युरोपेली युनियन कार्यालयले पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै उपत्यकाबाहिर पनि आयोजना गरिने बताएको हो।

महोत्सवमा  १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ।

प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रूपमा चलचित्र विकास बोर्डमा हुनेछ भने २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म अनलाइन चल्नेछ। सुर्खेतमा हुने महोत्सव १९–२२ कात्तिकसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिनेछ।

सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिनेछन् । 

Shivam cement

‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु  र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा उत्साहित छौं। सिनेमा सांस्कृतिक र बौद्धिक जीवनको अग्र भागमा रहन्छ भने सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्न र मानवीय जीवनलाई प्रभावित पार्ने सवाललाई कसरी हेर्छाैं भन्ने बुझाइलाई समृद्ध बनाउन सिनेमा प्रभावकारी माध्यम हो,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी  कार्यवाहक प्रमुख जोयेले हिभोनेटले पत्रकार सम्मेलनमा भनिन्। 

१३ युरोपियन चलचित्रमध्ये रीता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एन्ड लिली’मा नेपाली उपशीर्षक हुनेछन्। 

महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको  ‘ऐना भ्mयालको पुतली’ पनि प्रदर्शन हुनेछ।  किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाइने अन्य दुई नेपाली चलचित्र हुन्। 

महोत्सवको सद्भावना दूत रहेकी नायिका केकी अधिकारीले युरोपेली चलचित्र प्रदर्शनले सिनेमा साक्षरतामा अभिवृद्धि गर्ने, नेपाल र युरोपबीच सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरिन्। 

महोत्सवअन्तर्गत  चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षसँग सम्बन्धित तीन  पूरक क्रियाकलापको पनि आयोजना हुनेछ। 

२९ अक्टोबरमा नेपालको समयअनुसार अपराह्न २ बजे आयोजना गरिने कार्यक्रममा चलचित्र निर्माणमा अर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ।

यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङले आफ्ना अनुभव साट्नेछन्।  

दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन्।  

तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले १ नोभेम्बर अर्थात् १५ कात्तिकमा सञ्चालन हुनेछ। यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिबीच सहयोग र  सहकार्यसम्बन्धी हुनेछ। 

सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले २२ कात्तिकमा कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीलाई मुख्य कक्षा चलाउनेछन्।

प्रकाशित: Oct 16, 2022| 12:59 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।