शुक्रबार, असार ५, २०८३

डा. भगवान् कोइराला लिखित ‘हृदय’को नियमित संस्करण सार्वजनिक

कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका संघर्षलाई पुस्तकमा विशेष रूपमा समेटेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको जीवनी पुस्तक ‘हृदय’को नियमित संस्करण शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको छ। ‘हृदय’ को विशेष सीमित संस्करण भने गत २८ भदौमा सार्वजनिक गरिएको थियो।

National life

कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका संघर्षलाई पुस्तकमा विशेष रूपमा समेटेका छन्। साथै यसले हामी सबैलाई आफ्नो काममा प्रतिबद्ध भएर लागिपर्न सके सफलता टाढा छैन भन्ने विशेष प्रेरणा दिन सक्छ, हृदयले। 

डा. कोइरालाको पुस्तक हृदयमाथि राम लोहनीले समीक्षात्मक टिप्पणी गरेका थिए। उनले भने, डा. कोइरालाको पुस्तक ‘हृदय’मा नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवं यस सम्बद्ध विषयलाई मात्र होइन, जीवन संघर्षको उतारचढाव पाइन्छ, जसले हामीलाई प्रेरणा दिन्छ।’

हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति बिक्री भइसकेको  फाइनप्रिन्टले जनाएको छ। २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ।

यस्तै, विशेष संस्करण खरिद गरी सहयोग पुर्‍याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ।

Shivam cement

नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि सोही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताएका छन्। काठमाडौंको बाँसबारीमा निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी रहनेछ।

डा. कोइराला र बाल स्वास्थ्यमा समर्पित समूहले काठमाडौंसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ। यो बृहत् परियोजनालाई सफल पार्न सानो पहल मात्र गरेको फाइनप्रिन्टले जनाएको छ।

विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसंख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गरिरहेका छन्।

पुस्तक सार्वजनिकी कार्यक्रममा लेखक बुद्धिसागर लिखित नयाँ कलेबरसहितको कवितासंग्र्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । कार्यक्रममा संगीतकर्मी अनिल शाही र उनको समूहको विशेष सांगीतिक प्रस्तुति दिएको थियो। 

यो विशेष कार्यक्रम नेपाल लिटरेचर फेस्टिभलको ‘बुक अड्डा’ शीर्षकअन्तर्गत आयोजना गरिएको हो ।

‘हृदय’को नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले बताएको छ।

प्रकाशित: Oct 16, 2022| 12:45 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।