मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको बाहाखा बजारमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- भक्तपुरको बाहाखा बजारमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

National life

शनिबार राति करिब साढे १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटर साइकल चालक नुवाकोट घर भई काठमाडौं कपन बस्ने ३१ वर्षीय दीपेन्द्र पण्डितको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका-६ को भीमसेन चोकमा सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा१ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा८३प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए।

घाइते भएका पण्डितलाई कोरियन अस्पताल ठिमीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर पुर्‍याइएको थियो। उनको उपचारका क्रममा बिहान करिब ६ बजे मृत्यु भएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

ट्याक्सी चालक सुन्दर गोर्खालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Oct 16, 2022| 12:42 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।