मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहरी विकास मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग

सहरी विकास मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग

सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

देउखुरी- सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन्। 

National life

डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्‍याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको भनाई छ। 

‘यो २०१८ साल पछिकै ठूलो बाढी हो। यसले निकै ठूलो क्षती पुर्‍याएको छ। थोरै भए पनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु। यो पालिका प्रमुखमार्फत् एकद्वार प्रणालीबाट वितरण हुनेछ,’ मन्त्री चौधरीले भने।

दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्ने उनले बताए। मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए।

प्रकाशित: Oct 16, 2022| 12:16 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।