मंगलबार, वैशाख २९, २०८३

तिहार नजिकिएसँगै कुचोको माग बढ्यो

तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ। लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरूलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो। 

National life

नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए। उनले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यवसाय गरेको बताए। 

उनले आफूले उत्पादन गरेका कुचोहरू नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताए। यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको उनको भनाइ छ।

उनले देशको आर्थिक मन्दीका कारण यसवर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताए। उनले अहिले बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गरेको बताए।

‘१४/१५ वर्ष भयो कुचो व्यापार गर्न थालेको। नेपालमा काम गर्न थालेको ६ वर्ष भयो। भारतमा धेरै सेल गर्छु। अम्रिसो पहाडका क्षेत्रतिर पाइन्छ। कोरोनापछि अहिले पनि राम्रोसँग व्यापार भएको छैन।

आर्थिक अवस्था कमजोर भएकाले पनि होला व्यापार धेरै छैन,' उनले भने। यसवर्षको तिहारमा पनि कुचोको राम्रो व्यापार हुनेमा उनी आसावादी छैनन्।

पहिला तिहारका तीन महिनाको बीचमा राम्रो व्यापार हुने गरेको उनी बताउँछन्। 'झाडु, कुचो, थुन्से, नाम्ला सबै गरेर बेच्ने गरेका छौं। तर, यसपालि त्यसको आधा पनि व्यापार हुनसक्ने स्थिति छैन। बजारमा पैसा नै छैन। अहिले कुचोको मूल्य दुई सय छ। तर, घटेर १५० सम्म आउने स्थिति छ,' उनले भने।

त्यस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठ तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताउँछन्। उनले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताए। 

उनले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको जानकारी दिए। ‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ। तिहारका लागि धेरै माग बढेको छ। काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ। पोहोरको भन्दा धेरै माग छ,' उनले भने। अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेको बताए।

प्रकाशित: Oct 16, 2022| 12:09 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।