आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्क्वास पुरुषतर्फ प्रिक्वार्टरका खेल सकिए, महिलातर्फ लिग चरण जारी

स्क्वास पुरुषतर्फ प्रिक्वार्टरका खेल सकिए, महिलातर्फ लिग चरण जारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास खेलमा पुरुषतर्फ प्रिक्वार्टरका फाइनल खेल सम्पन्न भएका छन्। गण्डकीका अमृत थापामगर क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास खेलमा पुरुषतर्फ प्रिक्वार्टरका फाइनल खेल सम्पन्न भएका छन्। गण्डकीका अमृत थापामगर क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। थापा मगर आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेतासमेत हुन्।

National life

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश १ का योगेन्द्र लिम्बूलाई ३–० को सोझो सेट र गण्डकीकै नवराज थापाले प्रदेश १ का वीरबहादुर नेपाललाई ३–० को सेटमा पाखा लगाउँदै अन्तिम ८ मा स्थान बनाउन सफल रहे। 

बागमतीका अह्रान्त सिंहाले एपीएफका पासाङ ब्लोनलाई ३–० को सोझो सेटमा पराजित गरे। एपीएफका दिव्य वज्राचार्यले लुम्बिनीका ज्ञानु चोधरीलाई ३–० को सेटमा हराउँदै क्वार्टर फाइनल प्रवेश गरेका हुन्। बागमतीका राजेन्द्र शाक्य (दाइ) ले एपीएफका रिद्धि शाक्य (भाइ) लाई ३–० को सोझो सेटमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनाए। 

यसैगरी गण्डकीका दीपक थापाले आर्मीका रत्नकाजी शाक्यलाई ३–० को सोझो सेटमा पराजित गरे। अर्काे खेलमा बागमतीका ओमित शाक्यले आर्मीका विकास मगरलाई ३–० को सोझो सेटमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरे। 

बागमतीका अमिर ब्लोन मधेस प्रदेशका सुगम तुलासानमाथि वाकओभरमार्फत विजयी हुँदै अन्तिम ८ मा प्रवेश पाए।

Laxmi sunrise bank
kumari

महिलातर्फ भएको लिग चरणमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन्। अर्काे खेलमा आठौं संस्करणको महिला च्याम्पियन गण्डकीकी कृष्णा थापा मगरले बागमतीकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराइन्।

महिलातर्फको अन्तिम खेलमा त्रिभुवन क्लब आर्मीकी अस्मिता नगरकोटीले गण्डकीकी करिश्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन्।  पोखरामा जारी प्रतियोगितामा २ विभागीय टोली र ५ वटा प्रदेशबाट कुल २५ जना पुरुष र ७  जना महिला खेलाडीले सहभागिता जनाएका छन्।

स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमानसिंह भण्डारीका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ। पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल एपीएफ, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता छ।


प्रकाशित: Oct 16, 2022| 11:46 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।