मंगलबार, पुस २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पौडीमा डंगोललाई तीन स्वर्ण, तेन्जिङले बनाए राष्ट्रिय कीर्तिमान

पौडीमा डंगोललाई तीन स्वर्ण, तेन्जिङले बनाए राष्ट्रिय कीर्तिमान

पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी हुन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण  जितेकी छन्। पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी हुन्।

National life

डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्। उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन्।

आर्मीकी डुवाना लामाले ३२:१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२:५२ मिनेटसहित कास्य जितिन्। 

त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट २:८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन्।

त्यस्तै आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १:८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६:२ को समय निकाल्दै कास्य जितिन्।। डंगोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६:४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्।

Laxmi sunrise bank
kumari

रजत जितेकी बागमतीकी आर्जु थापा मगरले ३ मिनेट १७ दशमलव ९९ सेकेन्डको समय निकालिन्।कास्य जितेकी प्रदेश एककी उपासना राईले ४ मिनेट २८ दशमलव ८६ सेकेन्डको समय निकालेकी थिइन्।

पुरुष तर्फ 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्। तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन्।

यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो। उनले २०१९ मा यो कीर्तिमान बनाएका थिए। दोर्जेको २ मिनेट १६:५० सेकेन्डको कीर्तिमान रहेको थियो।

तेन्जिङको यो दोस्रो स्वर्ण हो। यसअघि उनले ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका थिए। यस प्रतिस्पर्धामा प्रदेश नम्बर एकका प्रारम्भ भण्डारीले २ मिनेट २३:६४ सेकेण्डको समय निकाल्दै रजत जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५ दशमलव २३ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन्।

१३औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले आज बिहान भएको प्रतियोगीतामा १६ मिनेट ५० सेकेण्डमा दुरी पुरा गरेका हुन्। उनले यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गरेका हुन्। एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७ सेकेण्डमा पुरा गरेका थिए। १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन्।

आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै दोहना लामाले २ मिनेट ३१ सेकेण्डमा पुरा गरे। यसअघि गौरीका सिहंको २ मिनेट ३२ सेकेण्ड रहेको थियो।

पौडी प्रतियोगीतामा २०३ जना खेलाडीहरु सहभागीता जनाएको नेपाल पौडी संघका अध्क्षय अशोक वज्राचार्यले जानकारी दिए।

 २५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म  हुने कार्यक्रमको भोली बिहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने वजाचार्यले बताए। नेपाल पौडी खेल संघका केन्द्रीय अध्क्षय अशोक वर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन्।  फ्रि स्टाइल, व्रेष्ट स्टोक, वटरफलाई, वटरपलाई व्याक स्टोक र आइ एम  गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Oct 16, 2022| 10:28 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।