काठमाडौं- आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ।
ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको बताइएको छ।
शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ। जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए।