मंगलबार, वैशाख २९, २०८३

दिक्तेल-दुम्ली सडक : ढल फुट्दा आवतजावतमा समस्या

सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा सवारीसाधन वारपार गर्न र पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयवासीले बताएका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

खोटाङ- जिल्लाको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ।

National life

सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा सवारीसाधन वारपार गर्न र पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयवासीले बताएका छन्।

करिब पाँच मिटर चौडाइ ढलान गरिएको उक्त सडकखण्डमा निर्माण गरिएको ढलको करिब तीन मिटरजति भाग फुटेर दुर्घटनाग्रस्त क्षेत्र बनेको पाइएको छ। बीच सडकमा ढल फुटेपछि गाडीको टायर राखेर सवारीसाधान वारपार गराउने गरिएको यातायात व्यवसायीहरूले बताएका छन्।

ढल फुटेर जोखिमयुक्त क्षेत्र बनेको सडकमा पशुचौपाया हिँडडुल गराउँदा धेरैपटक खुट्टा अड्किएर चोटपटकसमेत लागेको स्थानीय बासिन्दाले बताएका छन्। विशेषगरी घरवरपर खेल्ने बालबालिका तथा विद्यालय आवतजावत गर्ने साना उमेरका विद्यार्थीलाई उक्त स्थानमा जोगाउन कठिन भएको स्थानीय हीरालाल रिजालले बताए।

ढल निर्माण गर्ने ठेकेदारदेखि प्राविधिकसम्मको कमजोरीका कारण निर्माण भएको दुई वर्षमै ढल फुटेको स्थानीय बासिन्दाको आरोप छ। केही समयअघि ढल फुटेर सडकमुनि लगाइएको कोदोबालीमा क्षति पुगेको स्थानीय रमेशप्रसाद आचार्यले गुनासो गरे।

ढलान गरिएको उक्त सडकखण्डमा खेतीयोग्य जमिनतर्फ पानी बग्ने गरी ढल निर्माण गरिएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका थिए। ठेकेदार कम्पनीले धान, कोदोलगायतका अन्नबाली उब्जाउ हुने ठाउँमा ढलबाट बग्ने पानी लगाएको जनाउँदै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन्।

ढल फुट्दा आफूहरूले सास्ती खेप्नुपरेको गुनासो स्थानीय बासिन्दाले गरेपछि शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थलगत अनुगमनसमेत गरेका थिए। अनुगमनका क्रममा स्थानीय बासिन्दाले उठाएको गुनासोलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले आवश्यक प्रक्रिया एवं बजेट व्यवस्थापन गरेर चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।

ठेकेदार कम्पनीले दिक्तेल–दुम्ली सडकखण्डमा ढल निर्माण गर्दा कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्डविपरीत काम गरेकाले समस्या भएको देखिएको नगरप्रमुख भट्टराईले बताए। ‘जता उकालो सडक छ, उतै ढलको निकास लगेको देखिन्छ’, उनले भने, ‘ठेकेदार कम्पनीले आफ्नो फाइदाका लागि कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्डविपरीत काम गरेको देखिन्छ। मापदण्डविपरीत काम गर्ने ठेकेदार कम्पनीलाई आवश्यक कारबाही गरिनेछ।’

सडकको भित्तामा निर्माण गरिएको ढलमा ठेकेदार कम्पनीले फाइदा कमाउने उद्देश्यले पोलेथिन पाइप प्रयोग गरेको पाइएको छ। दुई वर्षअघि ढलान गरिएको उक्त सडकखण्डको विभिन्न ठाउँमा बिच्छ्याइएको रड निस्किएर जोखिमयुक्त क्षेत्र बनेको छ।

यसैबीच जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ढलान सुरु गरिएको सडक अहिले अलपत्र अवस्थामा छ। दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट त्रिवेणी चोकसम्मको सडक ढलान रु तीन करोड ९३ लाख ४४ हजारमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले करिब ४२ प्रतिशत कम रकम रु दुई करोड ७० लाख ४० हजार एक सय ७९ मा ठेक्का पारेको थियो।

साँघुरो सडक तथा पुरानो भौतिक संरचना रहेको दिक्तेल बजारको सडक विसं २०७८ मङ्सिर १० गतेभित्र ढलानको सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी विसं २०७८ असार ९ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजार सडक सल्लेरीटोलमा पुर्‍याएर अलपत्र छाडिएको छ।

निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएकाले दिक्तेल बजारको सडक ढलानमा समस्या आएको निर्माण व्यवसायी सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरेले सुनाए। निर्माण कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रोशन राईलाई नाफा खाएर पेटी ठेक्का दिएको हो।

प्रकाशित: Oct 16, 2022| 09:05 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।