मंगलबार, वैशाख २९, २०८३

काठमाडौं उपत्यकामा १७ सय ७ चालकलाई ट्राफिक कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ। 

National life

नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार जना, तीव्रगतिमा सवारी चलाउने एक सय ५५ जना, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई  मोटरसाइकलका चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ। स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ।

नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ। कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका छन्।

प्रकाशित: Oct 16, 2022| 08:12 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।