मंगलबार, फागुन १९, २०८२

टर्कीको कोइलाखानीमा विस्फोट, ४० जनाको मृत्यु

टर्कीको बार्टिन प्रान्तस्थित एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ४० जनाको ज्यान गएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

टर्की- टर्कीको बार्टिन प्रान्तस्थित एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ४० जनाको ज्यान गएको छ।

टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले विस्फोटमा परी कम्तिमा ४० जनाको ज्यान जानुका साथै खानीबाट ५८ जनाको जिवितै उद्धार गरिएको जानकारी दिएका छन्। विस्फोट पछि दर्जनौं मानिसहरू पुरिएका बताइएको छ।

सोयलुका अनुसार विस्फोटको समयमा खानीमा करिब ११० जनाले काम गरिरहेका थिए। तीमध्ये कम्तीमा आधा कामदार खानीभित्र तीनसय मिटरको गहिराइमा थिए।

ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरास्थित खानीमा शनिबार विस्फोट भएको हो। स्वास्थ्य अधिकारीले उद्धार गरिएकामध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको बताएका छन्। 

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विस्फोटपछि उद्धार गरिएका कामदार कालोले ढाकिएका देखिन्छन्। 

kumari

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुका अनुसार खानीको तीन सय मिटरदेखि तीन सय पचार मिटर गहिरो क्षेत्रलाई जोखिमपूर्ण ठानिएको र त्यस क्षेत्रमा करिब ५० जना कामदार खटिएका थिए।

खानीमा भएको विस्फोटको कारणबारे थाहा भइनसकेको र त्यसबारे अनुसन्धान भइहरेको अधिकारीहरूको भनाइ छ। यद्यपि, कोइलाखानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको आशंका अधिकारीहरूको छ।

प्रकाशित: Oct 16, 2022| 07:45 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।