मंगलबार, फागुन १९, २०८२

श्रीलंकामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

श्रीलंकामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

कोलम्बो- श्रीलंकामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन्। 

श्रीलंकाको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो। 

प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो।

बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। 

घाइते यात्रु र बस चालकलाई जाफना, पल्लई र किलिनोच्ची अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

kumari

यसैबीच, श्रीलंकामा बाढीका कारण शनिबार कम्तीमा दुई जनाले ज्यान गुमाएका र पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना प्रभावित बनेका श्रीलंकाली केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ। हम्बनटोटा, गाले, टिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, राजधानी कलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन्।  २६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 


प्रकाशित: Oct 16, 2022| 00:15 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।