मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनमा स्टारलिंकलाई अनिश्चितकालका लागि लगानी गर्न नसक्ने मस्कको भनाइ

युक्रेनमा स्टारलिंकलाई अनिश्चितकालका लागि लगानी गर्न नसक्ने मस्कको भनाइ

स्पेस–एक्सले युक्रेनमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेटका लागि अनिश्चितकालका लागि भुक्तानी गर्न नसक्ने इलोन मस्कले शुक्रबार बताएका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- स्पेस–एक्सले युक्रेनमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेटका लागि अनिश्चितकालका लागि भुक्तानी गर्न नसक्ने इलोन मस्कले शुक्रबार बताएका छन्। 

अमेरिकी सेनाले प्रमुख नेटवर्कका लागि लगानीबारे अर्बपतिको कम्पनीसँग कुराकानी गरिरहेको पुष्टि गरेको छ।

मस्क र युक्रेनी नेताहरूबीचको विवाद सार्वजनिक रूपमा बाहिरिएपछि यो छलफल भएको हो। युक्रेनी नेताहरू क्रिमियामाथिको रूसी सार्वभौमिकतालाई स्वीकार गर्ने उनको विवादास्पद योजनाबाट क्रुद्ध भएका थिए। 

मस्कले गत हप्ता दिएको अद्यावधिक तथ्याङ्कअनुसार, पृथ्वीको तल्लो कक्षमा तीन हजारभन्दा बढी साना उपग्रहहरूको तारामण्डल स्टारलिङ्क, युक्रेनको सञ्चारको लागि महत्वपूर्ण रहेको छ किनकि यसले रूसको आक्रमणविरुद्ध लडिरहेको छ। स्पेसएक्सले लगभग २५ हजार ग्राउन्ड टर्मिनलहरू निशुल्करूपमा उपलब्ध गराउँदै आएको छ।

आफ्नो आर्थिक सहयोग समाप्त हुने र सेनाले खर्च गर्नुपर्ने मस्कको चेतावनीबारे सीएनएनको एक रिपोर्टलाई पुष्टि गर्दै उनले ट्वीटको शृङ्खलाबद्ध रूपमा सूचनाहरू जारी गरेका छन्। 

kumari

'स्पेसएक्सले विगतको खर्च फिर्ता गर्न भनिरहेको छैन, तर विद्यमान प्रणालीलाई अनिश्चितकालका लागि कोष दिन सक्दैन र सामान्य घरपरिवारभन्दा १०० गुणा बढी डाटा प्रयोग हुने हजारौं टर्मिनलहरू पठाउन सक्दैन,' उनले ट्वीटरमा लेखेका छन्। 

उनले भने, 'यो अनुचित छ।' मस्कका अनुसार यो अपरेसनमा स्पेसएक्सलाई आठ करोड अमेरिकी डलर खर्च भइसकेको छ र यो वर्षको अन्त्यसम्ममा १० करोड डलरभन्दा बढी खर्चहुने अनुमान गरिएको छ।

तर सीएनएनका अनुसार स्पेसएक्सले पेन्टागनलाई दिएको तथ्याङ्कअनुसार युक्रेनमा पहिलो २०,००० टर्मिनलमध्ये करिब ८५ प्रतिशतमा संयुक्त राज्य अमेरिका, पोल्याण्ड वा अन्य संस्थाहरूले कम्तिमा आंशिक रूपमा भुक्तानी गरेका थिए।

पेन्टागनका सञ्चार उप–सचिबसबरीना सिंहले शुक्रबार अमेरिकी रक्षा मन्त्रालय मस्कसँग आर्थिक सहयोगका विषयमा सम्पर्कमा रहेको बताएका छन्। 

सिंहले भने, 'हामी पुष्टि गर्न सक्छौं कि विभागले स्पेसएक्सबाट युक्रेनमा उनीहरूको उपग्रह संचार उत्पादन कोषको बारेमा पत्राचार प्राप्त गरेको छ। हामी यस र अन्य विषयमा स्पेसएक्ससँग सम्पर्कमा छौं।'

प्रकाशित: Oct 15, 2022| 23:45 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।