मंगलबार, फागुन १९, २०८२

इटलीका दुवै सदनको नेतृत्व चयन

इटलीका दुवै सदनको नेतृत्व चयन गरिएको छ। माथिल्लो सदनका लागि अध्यक्ष र तल्लो सदनका लागि सभामुख चयन गरिएको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

रोम- इटलीका दुवै सदनको नेतृत्व चयन गरिएको छ। माथिल्लो सदनका लागि अध्यक्ष र तल्लो सदनका लागि सभामुख चयन गरिएको हो। 

दुई पटक मन्त्री भइसक्नुभएका प्रभावशाली नेता लोरेन्जो फोन्ताना तल्लो सदनको सभामुखमा शुक्रबार निर्वाचित भएका छन्। 

 त्यसैगरी माथिल्लो सदन सिनेटको अध्यक्षमा भने इग्नाजीयो ला रुसा अघिल्लो दिन विहिबार नै निर्वाचित भएका थिए। 

सभामुखमा निर्वाचित फोन्तानाले २२२ मत प्राप्त गरेका थिए। संसद्‌मा सभामुख चयनका लागि भएको चौथो पटकको मतदानबाट २५ मत बढी प्राप्त गरी ४२ बर्षीय फोन्ताना सभामुखमा निर्वाचित भएका हुन्। 

उनले यसअघि युरोपेली मामिला मन्त्री र परिवार तथा अपाङ्गतासम्बन्धी मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए। 

kumari

सिनेट अध्यक्षमा निर्वाचित ७५ बर्षीय ला रुसा भने यसअघि रक्षा मन्त्री हुनुभएको थियो। ब्रदर्स अफ इटली पार्टीका नेता थिए। उनले १२ मत बढी ल्याएर जित हासिल गर्नु भएको हो। उहाँले ११६ मत पाएका थिए। 

प्रकाशित: Oct 16, 2022| 05:30 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।