शुक्रबार, वैशाख ११, २०८३

युरोपेली संघको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली संघको पुनःसंरचना गर्न माग गरेका छन्। संघअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

National life
kumari

बर्लिन- जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली संघको पुनःसंरचना गर्न माग गरेका छन्। संघअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्। 

जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उनले युरोपेली संघमा विस्तारै केही परिवर्तन आवश्यक भएको धारणा राखे। विषेश गरेर विदेश नीति, कर प्रणाली, सैन्य सेवा, प्रशासनिक व्यवस्थालगायतका क्षेत्रमा केही संशोधन आवश्यक भएको उनको भनाइ थियो। 

युरोपेली संघको स्वायत्तता, क्षेत्राधिकार तथा कार्य प्रणालीमा पनि सुधार हुनुपर्नेमा चान्स्लर सोल्सले जोड दिएका थिए। 


प्रकाशित: Oct 16, 2022| 05:00 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।