शुक्रबार, वैशाख १४, २०८१

रोल्पाबाट काठमाडौं झरेकी ओनसरीलाई कांग्रेस र नेकपा एसको भर

पूर्वसभामुख ओनसरी घर्तीको लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ यो दोस्रो चुनाव हो। पहिलोपटक ०६४ सालमा समानुपातिकबाट संसद् प्रवेश गरेकी घर्ती ०७० सालमा रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्। त्यसपछि ०७४ सालको चुनावमा भने उनी पुनः समानुपातिकमै बसिन्।
 |  आइतबार, असोज ३०, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, असोज ३०, २०७९

काठमाडौं– करिब साढे चार दशक रोल्पाबाट राजनीति गरेकी पूर्वसभामुख ओनसरी घर्ती मगर यसपटक काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवार छिन्। उनीसँगै मैदानमा छन्, एमालेबाट पार्टीको बागमती प्रदेश कमिटी सदस्य मणिराम फुयाल र राप्रपाबाट कुन्तीदेवी पोखरेल (उपाध्याय)। यो क्षेत्रमा २६ जना पुरुष र ५ जना महिला गरी ३१ जना उम्मेदवार बनेका छन्।

triton college

पूर्वसभामुख ओनसरी घर्तीको लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ यो दोस्रो चुनाव हो। पहिलोपटक ०६४ सालमा समानुपातिकबाट संसद् प्रवेश गरेकी घर्ती ०७० सालमा रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्। त्यसपछि ०७४ सालको चुनावमा भने उनी पुनः समानुपातिकमै बसिन्। 

यसरी समानुपातिक र प्रत्यक्ष गरी तीनपटक संसद् छिरेकी घर्तीले यसपटक काठमाडौं–२ लाई चुनावी क्षेत्र बनाइन्। माओवादीको प्रभाव न्यून रहेको काठमाडौंलाई घर्तीको रोजाइमा परेपछि यसलाई थप चासोको साथ हेरिएको छ। जबकी यसअघिको प्रतिनिधिसभा निर्वाचनमा सिंगो काठमाडौं उपत्यकाबाट १० मध्ये माओवादीले एक सिटमात्र जित हात पारेको थियो। ललितपुर–३ मा पम्फा भुसालबाहेक अन्यत्र माओवादीले नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन।     

गत स्थानीय तहकै नतिजा हेर्दा पनि काठमाडौं क्षेत्र नम्बर २ मा माओवादी तेस्रो शक्तिको रुपमा देखिन्छ। यो क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं महानगरपालिकाका २ वटा वडा पर्छन्। गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको वडागत मत परिणाम हेर्दा यो क्षेत्रमा नेकपा एमाले अगाडि देखिन्छ। २० हजार ६५५ मतसहित नेकपा एमाले पहिलो दल बनेको थियो भने सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले १७ हजार ३६९ मत पाएको थियो। त्यस्तै, माओवादीले ३ हजार १७४ मत ल्याई तेस्रो शक्तिमा खुम्चिनु परेको थियो। 

यसअघि माधवकुमार नेपाल निर्वाचित हुँदै आए पनि गत चुनावमा वडाध्यक्षको मत हेर्दा उनकै पार्टी एकीकृत समाजवादी पनि यो क्षेत्रमा शक्तिशाली देखिन्न। नेकपा एसले ७ हजार ९७८ मत ल्याएको थियो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले ७ हजार ३६० मत ल्याएको थियो भने अन्य दलको ४७६ मत थियो। दलहरुको छुट्टाछुट्टै मत हेर्दा एमाले अगाडि देखिए पनि समग्रमा जोड्दा भने गठबन्धन अगाडि देखिन्छ। सत्ता गठबन्धनमा रहेका दलहरुले वडाध्यक्षमा पाएको मत जोड्दा यो क्षेत्रमा २८ हजार ५२१ हुन आउँछ। यदि यही अनुपातमा मत खसे संसदीय चुनावमा सत्ता गठबन्धन एमालेभन्दा ७ हजार हाराहारी मतले अगाडि हुने देखिन्छ। 

corrent noodles
Metro Mart

रोल्पा छोडेर काठमाडौं किन? 
माओवादी केन्द्रको लागि सहजै चुनाव जितिने क्षेत्र हो रोल्पा। सशस्त्र जनयुद्धलाई सबैभन्दा धेरै आड दिएको रोल्पा–रुकुममा माओवादी सबैभन्दा शक्तिशाली देखिन्छ। तर ४४ वर्ष आफैँले लगानी गरेको त्यस्तो सहज क्षेत्र छोडेर ओनसरी घर्ती किन काठमाडौं–२ आइन् त? जबकी यहाँ न माओवादीको कुनै पकड इलाका छ, न घर्तीकै व्यक्तिगत ‘के्रज’। तर पनि चुनाव जित्ने आत्मविश्वासका साथ उनले यस क्षेत्रलाई चुनावी मैदान बनाइन्। 

विगतको चुनावी परिणाम केलाउँदा पनि ०६४ मा बाहेक यस क्षेत्रमा माओवादीले चुनाव जितेको छैन। त्यसपछि माओवादी निरन्तर कमजोर बन्दै गएको देखिन्छ। ०६४ को चुनावमा भने यो निर्वाचन क्षेत्रमा माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भएका थिए। सुवेदीले तत्कालीन समयमा एमालेमा रहेका माधवकुमार नेपाललाई पराजित गरेका थिए।

तर ०७० सालसम्म आइपुग्दा नतिजा उल्टियो। तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं–२ सँगै रौतहट–१ को नतिजा पनि आफ्नो पोल्टामा पारे। तर उनले अन्त्यमा रौतहट–१ लाई आफ्नो क्षेत्र बनाएपछि यस क्षेत्रमा उपनिर्वाचन गर्नुपर्यो। उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल १८ हजार २०० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४२१ मत पाएका थिए। 

पूर्वसभामुख ओनसरी घर्तीको लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ यो दोस्रो चुनाव हो। पहिलोपटक ०६४ सालमा समानुपातिकबाट संसद् प्रवेश गरेकी घर्ती ०७० सालमा रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्। त्यसपछि ०७४ सालको चुनावमा भने उनी पुनः समानुपातिकमै बसिन्। 

त्यसपछि ०७४ सालको चुनावमा पुनः तत्कालीन एमालेका नेता माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उनले त्यसबेला २७ हजार ३ सय ६६ मत प्राप्त गरी विजयी भएका हुन्। एमाले उम्मेदवार नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याएका थिए। त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएका थिए।

अहिले माधव नेपाल सत्ता गठबन्धनमा रहेको र यसअघि नेपालले पाएको मत गठबन्धनमा आउने आश घर्तीमा देखिन्छ। कांग्रेस, एकीकृत समाजवादीको मतकै आडमा आफूले जित्ने आशमा घर्ती छिन्। ‘हामी गठबन्धनमा भएका दलहरु एक छौँ। त्यसमाथि हाम्रो राम्रो जनाधार यहाँ छ। म गठबन्धनको साझा उम्मेदवार रहेकोले सबैले मत हाल्नु नै हुन्छ। सिंगो नेपाल र काठमाडौंको सेवा गर्ने मौका यहाँका बासिन्दाले दिनुहुन्छ भन्ने आश छ,’ उनले भनेकी छिन्।

अर्कोतर्फ काठमाडौं–२ आउनु उनको लागि बाध्यता रहेको माओवादीकै नेताहरु बताउँछन्। ४४ वर्ष रोल्पामा राजनीति गरे पनि यसपटक त्यहाँ टिकट पाउने सम्भावना न्यून थियो। रोल्पामा अहिले एउटा मात्रै क्षेत्र छ। त्यो क्षेत्रमा उनका श्रीमान् तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बन्ने निश्चित भएपछि उनलाई अन्यत्र सार्नुपर्ने अवस्था थियो। घर्तीले पनि प्रत्यक्षबाट लड्ने चाहना राखेपछि माओवादीले आफ्नो भागमा परेको काठमाडौं–२ मा उनलाई टिकट दिएको माओवादीकै एक नेताले बताए।

एमालेको भरः कम्युनिस्ट गढ 
काठमाडौं–२ बाट उम्मेदवार बनेका मणिराम फुयाँलले आफ्नो पार्टीको विरासतलाई जित्ने आधारको रुपमा लिएको देखिन्छ। उनले यस क्षेत्रबाट धेरैजसो चुनाव एमालेले जितिरहेकोले यसपटक पनि एमालेमै मत आउने दाबी गरिरहेका छन्। ‘पहिला यो क्षेत्रमा माधव नेपालले जिते पनि त्यसबेला उहाँ एमालेमै हुनुहुन्थ्यो। त्यो एमालेकै मत थियो,’ उनले भनेका छन्।

हुन पनि काठमाडौंको यो क्षेत्र २०६४ सालसम्म क्षेत्र नम्बर १ का रुपमा थियो। २०६४ को संविधानसभा निर्वाचनमा देशभर ३५ क्षेत्र थप्दा क्षेत्र नम्बर २ मा परिणत भएको थियो। यस क्षेत्रमा एमालेका मदन भण्डारीदेखि मनमोहन अधिकारीसम्म विजयी भएका थिए। २०४८ मा अन्तरिम सरकारका प्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराउँदै एमालेका तत्कालीन महासचिव मदन भण्डारी निर्वाचित भएका थिए। तर, २०५० मा उनको दासढुंगा दुर्घटनामा निधन भएपछि मदन पत्नी विद्या भण्डारीले उपनिर्वाचनमा जितेकी थिइन्।

२०५१ सालको चुनावमा पनि एमाले अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०५६ सालको चुनावमा पनि उनै मनमोहनले उम्मेदवारी दिए पनि उनको स्वास्थ्यमा अचानक समस्या आएपछि स्थगित भएको थियो। गोठाटार क्षेत्रमा भाषण गर्ने क्रममा बेहोस भएका अधिकारी अस्पताल भर्ना भएका थिए। पछि भएको चुनावमा एमाले नेता प्रदीप नेपाल निर्वाचित भए।

२०६४ सालमा भने माओवादीको लहरले यो क्षेत्र पनि प्रभावित बन्यो। एमालेका तत्कालीन महासचिव माधव नेपालले एमाओवादीका झक्कु सुवेदीसँग हार व्यहोरे। त्यसपछि पुनः नेपाल निर्वाचित भए। बीचमा ०७१ को उपनिर्वाचनमा कांग्रेस विजयी भए पनि ०७४ मा आइपुग्दा वाम गठबन्धनको सहयोगमा उनै नेपाल निर्वाचित बने। यसरी निरन्तर एमालेले जितिरहेकोले पनि आपूmले जित्ने दाउमा फुयाँल छन्। उनले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि वाम गठबन्धनको सहयोगमा जित हात पारेका थिए।

प्रकाशित: Oct 16, 2022| 12:46 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...