शुक्रबार, मंसिर १२, २०८२

मर्चवारीबाट बालिका बेपत्ता, अपहरणको आशंका

रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट एक बालिका बेपत्ता भएकी छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल- रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट एक बालिका बेपत्ता भएकी छन्। मर्चवारी गाउँपालिका वडा नम्ब १ का सोनु विश्वकर्मा र पूजा विश्वकर्माको छोरी ६ वर्षिया प्रिति विश्वकर्माको बिहीबार दिँउसो अज्ञात समूहले अपहरण गरेको परिवारले बताएका छन्।  

डाइरेक्सन इंगलिश बोर्डिङ स्कूल समेराबाट ७ वर्षिय दाजु रितेश विश्वकर्मासँग घरतर्फ फर्कंदै गर्दा मोटरसाइकलमा आएका २ जनाले अपहरण गरेको बुबा सोनु विश्वकर्माले बताए। कक्षा नर्सरीमा अध्ययन गर्ने बालिकाको अपहरण भएपछि परिवारले इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका छन्। 

घर फर्कंदै गरेकी बालिकालाई मोटरसाइकलमा नचिनेको समूहले समातेर लैजान खोज्दा रितेशले प्रतिवाद गर्दा हातमा अपहरणकारीले चोट पुर्याएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए। इलाका प्रहरी कार्यालय मर्चवारले बालिकाको खोजी कार्य भइरहेको जानकारी दिएको छ। 


प्रकाशित: Oct 14, 2022| 18:05 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।