आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रभु साहको बागी उम्मेदवारीपछि एमालेको रौतहट जिल्ला कमिटी विघटन

प्रभु साहको बागी उम्मेदवारीपछि एमालेको रौतहट जिल्ला कमिटी विघटन

एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ। एमाले मधेस प्रदेश कमिटीले शुक्रबार रौतहट जिल्ला कमिटी विघटन गरेको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ। एमाले मधेस प्रदेश कमिटीले शुक्रबार रौतहट जिल्ला कमिटी विघटन गरेको हो। 

National life

प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका छन्। अध्यक्ष साहलगायत जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको प्रदेश कमिटीले जनाएको छ।

एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो। साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीनिकट केही एमाले नेताले समेत मधेशका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेबाट विद्रोह गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ।


प्रकाशित: Oct 14, 2022| 15:46 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।