सोमबार, मंसिर २९, २०८२

मधेशमा कांग्रेसका तीन मन्त्री बर्खास्त

संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीलाई हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीलाई हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।

National life

मुख्यमन्त्री राउतले हिजो बिहीबार नै नेपाली कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवलाई फोन गरेर राजीनामा दिन आग्रह गरेका थिए। तर, शुक्रबार १२ बजेसम्म पनि कांग्रेसका मन्त्रीहरुको राजीनामा नआएपछि मुख्यमन्त्री राउतले उनीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका छन्।

प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा रहेका थिए।

मुख्यमन्त्री राउतले सत्तारुढ गठबन्धनको कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरे पनि माओवादी केन्द्र र नेकपा एसका मन्त्रीलाई भने बर्खास्त गरेका छैनन्। उनीहरुसँग अहिलेसम्म राजीनामा पनि मागेका छैनन्।

प्रकाशित: Oct 14, 2022| 15:03 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।