मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपति क्षेत्रका पुस्तक र मन्दिरमा चढाइएका सामग्री बेच्‍न बिक्री कक्ष

पशुपति क्षेत्रका पुस्तक र मन्दिरमा चढाइएका सामग्री बेच्‍न बिक्री कक्ष

पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका पुस्तक र मन्दिरमा चढाइएका सामग्री खरिद गर्न चाहनेका लागि बिक्री कक्षको व्यवस्था गरिएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

National life

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका पुस्तक र मन्दिरमा चढाइएका सामग्री खरिद गर्न चाहनेका लागि बिक्री कक्षको व्यवस्था गरिएको छ।

बडा दसैंका अवसरमा कोजाग्रत पूर्णिमादेखि यस्तो व्यवस्था गरिएको कोषका धर्म संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए। बिक्री कक्षमा कोषले दोस्रो संस्करणका रुपमा प्रकाशन गरेको शिवमहापुराणको नेपाली अनुवाद ग्रन्थलगायत पुस्तक राखेको छ। कोषले लिङ्ग पुराण पनि नेपालीमा अनुवाद गरी प्रकाशनको अन्तिम तयारीमा लागेको जनाइएको छ।

मन्दिरमा भक्तजनले चढाएका विभिन्न सामग्रीसमेत किन्न चाहनेले पशुपतिनाथको पश्चिम ढोकाअघिको बिक्री कक्षमा सम्पर्क गर्न सक्नेछन्। बिक्री कक्ष बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ने कोषका सूचना अधिकारीसमेत रहनुभएका पराजुलीले बताए।र

प्रकाशित: Oct 14, 2022| 05:50 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।