शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताए।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताए। 

National life

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्‍नुपर्ने जिकिर समेत गरे। 

रुपन्देहीको क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुने गरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए।

उपाध्यक्ष पौडेलले भने, ‘देशलाई संकटको भूमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा एमालेको जीत अपरिहार्य छ। नेकपा एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छौं । कमरेड केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढनुको कुनै विकल्प हामीसँग छैन।'

इतिहासतिर फर्केर नभइ आजको जगमा उभिएर भोलिको अभिभारा पूरा गर्ने हिसावले यो निर्वाचनमा प्रतिनिधिसभामा र दुवै प्रदेशसभामा पार्टीको जीत सुनिश्चित हुने हिसाबले उत्साहका साथ लाग्‍न कार्यकर्तालाई उनले निर्देशन दिएका छन्। 

Laxmi sunrise bank
kumari

उपाध्यक्ष पौडेलले निर्वाचनमा उम्मेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुन सक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे।


प्रकाशित: Oct 13, 2022| 19:39 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।