बुधबार, पुस १६, २०८२

होम डेलिभरी गरिएको चिकन चिल्लीमा साङ्ला

विराटनगर १ की कविता बरालले होम डेलिभरीमार्फत् खरिद गरेको चिकन चिल्लीमा साङ्‌ला फेला परेको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

विराटनगर- विराटनगर १ की कविता बरालले होम डेलिभरीमार्फत् खरिद गरेको चिकन चिल्लीमा साङ्‌ला फेला परेको छ। 

National life

विराटनगर ४ कञ्‍चनबारीमा रहेको शुभ ब्याङ्‌वेट एण्ड रेष्टुरेन्टले तयार गरेको चिकन चिल्ली क्‍विकर फुडमार्फत् बरालले खरिद गरेकी थिइन्। चिकन चिल्ली प्याक खोलेर खानेक्रममा साङ्ला भेटिएपछि विराटनगर महानगरपालिकामा उनले उजुरी गरिन्। 

बरालको उजुरीका आधारमा महानगरको आर्थिक विभाग महाशाखा प्रमुख दिपक पौडेलको नेतृत्वमा गरिएको निरीक्षण टोली रेष्टुरेन्ट पुगी अनुगमन गरेको थियो। अनुगमनका क्रममा रेष्टुरेन्टमा रहेको फ्रिजमा राखिएका खानेकुराहरुमा ढुसी परेको, प्लाष्टिकमा प्याक गरी खाना राखिएको, म्याद गुज्रिएका पिज्जालगायतका खाद्य सामग्रीहरु फेला पारेको थियो। 


म्याद गुज्रिएका सबै खाद्य वस्तुहरु नष्ट गरिएको छ। निरीक्षण टोलीले म्याद गुज्रिएका खाद्य सामग्रीहरु आगामी दिनमा नराख्‍न र फ्रिजको सरसफाई गर्न निर्देशन दिएको छ। सरसफाईमा ध्यान दिने र सुधार गर्ने शर्तमा पहिलो पटकका लागि नसियत दिइएको बताइएको छ। 

Laxmi sunrise bank

निरीक्षण टोलीले विराटनगर ५ मा रहेको कंकालिनी जनरल स्टोरमा पनि अनुगमन गरेको छ। अनुगनमका क्रममा खाद्य सामग्री तथा पेय पदार्थहरु म्याद गुज्रिएको पाइएको थियो। म्याद गुज्रिएका सामग्रीहरुको लगत संकलन गरी नष्ट गरिएको निरीक्षण टोलीले जनाएको छ।

विराटनगर ५ मा रहेको कंकालिनी जनरल स्टोरमा पनि अनुगमन।

 



प्रकाशित: Oct 13, 2022| 19:24 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।