शनिबार, वैशाख २२, २०८१

डोटीबाट कैलाली झरेका बलायरलाई फाप्ला लेखराजको क्षेत्र?

कैलाली–४ मा एमाले उम्मेदवार लेखराज भट्टसँग प्रतिस्पर्धामा उत्रिन डोटीबाट कैलाली झरेका बलायरलाई टिकट नपाएर मौन बसेका कांग्रेस नेता सुनील भण्डारीको असहयोग हुन सक्छ। भेगीय उम्मेदवारलाई बाइपास गरिएपछि नागरिक उन्मुक्ति पार्टी र थारु मतको टेको पाए जित्न सक्छन् बलायर।
 |  शुक्रबार, असोज २८, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– २०७४ को आमनिर्वाचनमा नेकपा एमालेबाट प्रेम आले कांग्रेसका वीरबहादुर बलायरलाई १ हजार ६३२ मतान्तरले पराजित गर्दै डोटीबाट निर्वाचित भए। पार्टी विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिमबाट एक मात्र सांसद हुन्, आले।

triton college

आगामी ४ मंसिरको निर्वाचनमा कांग्रेस, समाजवादीसहित सत्ता गठबन्धनका पाँच दल गठबन्धन गरेर जाँदै छन्। सोही कारण आलेकै दाबीका कारण बलायरले डोटीबाट टिकट पाएनन् र कैलाली झरे।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली–४ मा नेकपा माओवादी केन्द्रबाट लेखराज भट्टले कांग्रेसका सुनील भण्डारीलाई सुदूर मतान्तरले पराजित गरेका थिए। त्यतिबेला भट्टले ३१ हजार ३५९ मत ल्याउँदा भण्डारीले २० हजार ९६० मत मात्रै ल्याएका थिए। नेकपा विभाजनपछि एमाले छिरेका भट्ट यस पटक पनि कैलाली–४ बाट उम्मेदवार बनेका छन्। उनै भट्टसँग गठबन्धनका साझा उम्मेदवार बनेर भिड्न कैलाली झरेका हुन्, बलायर। बलायरले ‘सेफ’ ठानेरै उक्त क्षेत्र रोजेका हुन्।

डोटी आलेलाई छाड्नुपर्ने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली–५ र कैलाली–४ मध्ये एक क्षेत्र रोज्न लगाउँदा बलायरले कैलाली–४ नै सुरक्षित ठानेका थिए।

अघिल्लो आमनिर्वाचनमा गुमाए पनि कांग्रेसले यो क्षेत्रलाई आफ्नो पकड क्षेत्रका रूपमा लिएको छ। यता, कैलाली–५ मा कांग्रेसले नै असहयोग गर्ने भएपछि प्रधानमन्त्रीपत्नी आरजु राणा ब्याक भएकी थिइन्। त्यो क्षेत्र बलायरको छनोटका लागि छुट्याइए पनि असुरक्षित देखिए राणा नै पछि हटेका कारण बलायरले क्षेत्र–४ रोजेको स्थानीय नेताहरूको आकलन छ।

corrent noodles
Metro Mart

यद्यपि, कैलाली ४ पनि बलायरले सुरक्षित ठानेजस्तो त्यति सहज भने छैन। २०६४ देखि निरन्तर संसदीय निर्वाचनमा होमिरहेका लेखराजको यहाँ राम्रो माहोल छ। २०६४ को संविधानसभा निर्वाचनमा लेखराजले कांग्रेसका दीर्घराज भट्टलाई पराजित गरेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दीर्घराजले हारको बदला लिए पनि २०७४ मा लेखराजले पुनः त्यो क्षेत्रमा आफ्नो विरासत फर्काएका थिए, त्यो पनि १० हजार ३९९ को सुदूर मतान्तरसहित। 

कैलाली–४ मा एमाले उम्मेदवार लेखराज भट्टसँग प्रतिस्पर्धामा उत्रिन डोटीबाट कैलाली झरेका बलायरलाई टिकट नपाएर मौन बसेका कांग्रेस नेता सुनील भण्डारीको असहयोग हुन सक्छ। भेगीय उम्मेदवारलाई बाइपास गरिएपछि नागरिक उन्मुक्ति पार्टी र थारु मतको टेको पाए जित्न सक्छन् बलायर। 

यो क्षेत्रमा कांग्रेसबाट सुनील भण्डारी दोहोरिन चाहेका थिए। कैलाली–४ मा अविराम दाबी गरिरहेका भण्डारी आरजु ब्याक भएपछि कैलाली– ५ मै भए पनि आफूलाई सुरक्षित गर्नुपर्ने दाबीमा थिए। बलायर क्षेत्र–४ बाट लड्ने पक्का भइसकेकाले उनी पछिल्लो समय कैलाली–५ का लागि लबिइङ गरिरहेका थिए। तर पार्टीले त्यो क्षेत्रमा डिल्लीराज पन्तलाई टिकट दिएको छ।

२०७४ मा पराजित भएपछि त्यतिबेलैदेखि चुनावी तयारीमा जुटेर माहोल आफ्नो पक्षमा बनाउन खटिएका भण्डारी टिकट नपाएपछि मौन छन्। अन्य नेताहरू चुनावी तयारीमा जुट्दा उनी भने चुप बसेको स्थानीय एक नेताले बताए। ‘पाँच वर्षदेखि उहाँले तयारी गर्नुभएको थियो। उहाँको पक्षमा माहोल पनि राम्रो बनेको थियो तर टिकट पाउनुभएन,’ ती नेताले भने, ‘सम्भवतः उहाँ यो चुनावमा मौनै बस्नुहुन्छ होला।’ बलायर झर्ने भएपछि यो क्षेत्रमा स्थानीय नेतालाई नै उम्मेदवार बनाउनुपर्ने भनी स्थानीय नेताहरूले नेतृत्वलाई सुझाएका थिए। तथापि, स्थानीयले टिकट नपाएको झोंकमा कांग्रेसभित्रैबाट पनि बलायरलाई असहयोग हुन सक्ने स्थानीय एक नेताले बताए।

तर बलायर आफूलाई यो क्षेत्रमा सहज भएकाले सहज जित निकाल्ने दाबी गर्छन्। ‘संविधानको रक्षा गरी दीर्घकालीन विकासका लागि अहिलेको गठबन्धन बनेको हो। गठबन्धन आर्थिक, सामाजिक र राजनीतिक आवश्यकता हो भन्ने जनताले बुझेका छन्। सोही कारण यो क्षेत्रमा जित असहज छैन,’ उनले भने। टिकट पाएपछि यही क्षेत्रमा रहेर चुनावी गतिविधि गरिरहेका बलायरले जितका लागि विविध रणनीति बनाइरहेका छन्। तर एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टलाई उनले कम आँक्न भने मिल्दैन। बलायरले मुख्य प्रतिस्पर्धीका रूपमा लिएका भट्टको यो क्षेत्रमा राम्रो प्रभाव छ। यद्यपि, माओवादी पृष्ठभूमिका भट्ट एमालेबाट अनुमोदन हुन्छन्÷हुँदैनन्, अहिले भन्न सकिँदैन। तर जित सुनिश्चित भएको दाबी भने भट्टको छ। ‘कैलालीका लागि मैले गरेको योगदान र पार्टीको लोकप्रियता नै जितका लागि काफी छ,’ भट्ट दाबी गर्छन्।

बलायर आफूलाई यो क्षेत्रमा सहज भएकाले सहज जित निकाल्ने दाबी गर्छन्।

जेहोस्, सुदूरपश्चिममा राम्रो प्रभाव रहेका यी दुई ‘हेभिवेट’बीचको प्रतिस्पर्धाका कारण यो क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचन थप रोचक हुने देखिन्छ।

दुवैका लागि सबैभन्दा कठिन भनेको यहाँ भेगीय र जातीय नारा लाग्ने गरेको छ। यो क्षेत्रमा डोट्याल समुदायको बसोबास बाक्लो छ। भट्ट र बलायर दुवै डोटीबाट झरेका कारण डोट्याल मत स्वाभाविक रूपमा बाँडिनेछ। कडा प्रतिस्पर्धाबीच दुवैका लागि निर्णायक बन्नेछ, थारु मत। स्थानीय तह निर्वाचनभन्दा केही समयअघि मात्रै दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी भट्ट र बलायरको जितहारका लागि निर्णायक हुने स्थानीय एक कांग्रेस नेता बताउँछन्। 

‘यो क्षेत्रमा सबैभन्दा चर्को गरी लाग्ने नारा जातीय र भेगीय हो, जसले प्रभावसमेत पार्ने पर्छ,’ ती नेताले भने, ‘डोटीको मत दुवै नेताबीच बाँडिने भएपछि निर्णायक उन्मुक्ति पार्टी बन्नेछ। जसले उन्मुक्ति तथा थारुलाई आफ्नो पक्षमा पार्न सक्यो, उसैलाई जित सहज हुनेछ।’ 

यी दुई हेभिवेटबीच उन्मुक्तिले यो क्षेत्रमा जित निकाल्ने दाबी गर्दै आएको छ। कैलाली–४ मा उन्मुक्तिबाट कैंया चौधरीले मनोनयन दर्ता गराएका छन्। कैंया राप्रपाका पूर्वकेन्द्रीय सदस्य हुन्। उनी गत जेठमा मात्रै एमाले कैलाली उपाध्यक्ष रतन थापा र पूर्वसांसद हिमाञ्चल भट्टराईसँगै उन्मुक्ति प्रवेश गरेका थिए। थारु समुदायमा यस क्षेत्रमा कैंयाको राम्रो पकड रहेको छ।

कैलाली–४ मा गोदावरी र गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा–५ पर्छ। स्थानीय तह निर्वाचनमा गोदावरी, गौरीगंगा र चुरेमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम हेर्दा कांग्रेस अग्रस्थानमा छ।

यहाँ कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले २२ हजार ९९७ मत पाउँदा दोस्रोमा रहेको नेकपा एमालेले २० हजार ८१ मत पाएको थियो। तेस्रोमा रहेको नेकपा (एकीकृत समाजवादी)ले मत पाएको थियो। गठबन्धनका उम्मेदवारले पाएको मत परिणाम हेर्दा अन्तर्घात नभए डोटीबाट झरे पनि यो क्षेत्रमा बलायरलाई जित निकाल्न सहज देखिन्छ।

प्रकाशित: Oct 14, 2022| 12:05 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...