बिहीबार, वैशाख ३१, २०८३

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

जिल्लाको भीमफेदी गाउँपालिकामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर मृत्यु भएको हो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

मकवानपुर- मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाको भीमफेदी गाउँपालिकामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर मृत्यु भएको हो।

National life

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बुधवार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिंगालले चिलेर सख्त बनाएकोमा उपचारका क्रममा बिहीबार बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो।

भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर अर्का १ जनाको मृत्यु भएको छ। स्थानीय ३२ वर्षीया समिता रानामगर  बुधवार घरदेखि एक किलोमिटर उत्तरतर्फको जंगलमा घाँस काट्न गएकामा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। मृतक रानामगरको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ।

प्रकाशित: Oct 13, 2022| 13:56 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।