शनिबार, फागुन ३०, २०८२

चैत दोस्रो साताबाट एसईई परीक्षा

बोर्डले एसईई परीक्षा सञ्चालन चैत दोस्रो सातादेखि र नतिजा २०८० असार तेस्रो साता सार्वजनिक गरिने बताएको हो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०७९ को एसईई (कक्षा १०)को परीक्षा आगामी चैत दोस्रो साता गर्ने भएको छ। बिहीबार बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैत दोस्रो सातादेखि  र नतिजा २०८० असार तेस्रो साता सार्वजनिक गरिने बताएको हो।

National life

कार्यतालिकाअनुसार प्रदेशले आवेदन फाराम छपाइ र वितरण (कक्षा १० को परीक्षाका लागि) कात्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिस्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुस मसान्तसम्म गराउनुपर्नेछ।

राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० ले माघ पहिलो साता परीक्षाको समयतालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो सातासम्म परीक्षा केन्द्र इन्ट्री एवं रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक पठाउनुपर्नेछ।

यस्तै,  पूरक परीक्षा सञ्चालन २०८० साउन अन्तिम साता हुनेछ। कक्षा ९ को विद्यार्थी रजिस्ट्रेसन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी समयतालिका प्रकाशन हुने बोर्डले बताएको छ।

प्रकाशित: Oct 13, 2022| 13:18 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्