शुक्रबार, असार ५, २०८३

२९-३० असोजमा उपत्यकामा हुँदै वार्षिक कलिङ साहित्य महोत्सव

यही असोज २९ र ३० गते उपत्याकामा वार्षिक कलिङ साहित्य महोत्सव हुने भएको छ। ‘भारत र नेपालः सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ महोत्सव गरिने भएको हो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- यही असोज २९ र ३० गते उपत्याकामा वार्षिक कलिङ साहित्य महोत्सव हुने भएको छ। ‘भारत र नेपालः सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ महोत्सव गरिने भएको हो।

National life

कार्यक्रममा ७५ प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन्। नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ। चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति दिनेछन्।

मालिनी अवस्थीको पनि प्रस्तुति हुनेछ। भारतको साहित्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतीश कुमार, दिप्ती गोपालनान, पियुश कुमार, पीराज शेखर, गीतकार समीर र अन्य कलाप्रेमीको सहभागिता रहनेछ। साथै विशेष व्यक्तित्वहरूबीच कला, साहित्य र संस्कृतिका विभिन्न विषयहरूमा छलफल हुनेछ।

तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, जगमान गुरुङ, दिनेश अधिकारी, प्रा. गोपाल भण्डारी, वसन्त चौधरी, प्रा. डा. वासुदेव त्रिपाठी, आशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनक दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ, महेश विक्रम शाह, माया ठकुरी, अमर न्यौपाने, नारायण ढकाल, विजय कुमार, डा. ज्ञानु पाण्डे, डा. कुमारी लामा, डा.सावित्री मल्लको सहभागिता रहने छ। 

यस्तै सगुना शाह, डा. शान्तिमाया गिरी, डा. रजनी ढकाल, डा. ज्ञानु अधिकारी, अभय श्रेष्ठ, डा. गीता त्रिपाठी, स्नेह सायमी, राजकुमार बानियाँ, भीष्म उप्रेती, युवराज नयाँघरे, जय छाँचा, प्रभा बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारुङ, विमल आचार्य, रामलाल जोशी, सन्तोष श्रेष्ठ, विवेक ओझा, धीरेन्द्र प्रेममर्षी, अर्पण थापा, सुरक्षा पन्त, गोपाल आशक, उमा सुवेदीलगायतको पनि सहभागिता रहनेछ।

Shivam cement

महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन र कला, संस्कृति र साहित्यको प्रवद्र्धन र विश्वव्यापीकरणमा टेवा पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ।

यशस्वि प्रज्ञा फाउन्डेसन, हिमालयन डेरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभल काठमाडौं संस्करणको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो। सूर्य नेपाल महोत्सवको साझेदार रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) कलिङ्गा साहित्य महोत्सवको मुख्य प्रायोजक रहेको छ।

प्रकाशित: Oct 13, 2022| 12:37 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।