काठमाडौं- देशका भिन्नाभिन्नै स्थानमा १० जनाको शव फेला परेको छ। सर्लाहीको बलरा नगरपालिका-८ बलुवाभारस्थित पोखरीमा पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत फेला परेकी छन्।
झापाको मेचीनगर नगरपालिका-१४ स्थित हडिया खोलामा सोही नगरपालिका-१३ सुगम टोल बस्ने ४१ वर्षीय बिष्णु राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन्।
मोरङ, कटहरी गाउँपालिका-३ सिक्टी बस्ने २२ वर्षीया निसा सिंह सोही नगरपालिकास्थित आफ्नै माइती घरमा बुधबार मृत अवस्थामा फेला परेकी छन्।
इलामको चुलाचुली गाउँपालिका-१ श्रीगंगा टोल बस्ने ७१ वर्षीया की बुद्दरानी लिम्बु सोही गाउँपालिकास्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन्।
कास्की, पोखरा महानगरपालिका-१५ अमिनतारास्थित सेती नदीको किनारमा पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
दाङ, गडवा गाउँपालिका-२ स्थित राप्ती नदीको किनारमा पहिचान नखुलेकी १३ वर्षीया बालिका बुधबार मृत अवस्थामा फेला परेकी छन्।
चितवन, भरतपुर महानरपालिका-२६ हिरापुरस्थित नारायणी नदीको बगरमा पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१८ बाङ्गेघाटस्थित नारायणी नदीको किनारमा पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ।
स्याङ्जा, गल्याङ नगरपालिका-११ निमाघाटस्थित कालिगण्डकी नदीको किनारमा पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-१७ मुडियारीस्थित पानीको कुलोमा पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।