बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाडी मुलुकसहित मलेसिया जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन विभागको चेतावनी

खाडी मुलुकसहित मलेसिया जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन विभागको चेतावनी

विभागले वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लिखित सर्त विपरीत रकम असुलिएको देखिएकाले कारबाहीको चेतावनी दिएको हो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– वैदेशिक रोजगार विभागले खाडी मुलुकसहित मलेसिया रोजगारीमा जाने नेपाली कामदारबाट अनावश्यक शुल्क नउठाउन चेतावनी दिएको छ।

National life

विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लिखित सर्त विपरीत रकम असुलिएको देखिएकाले कारबाहीको चेतावनी दिएको हो। 

वैदेशिक रोजगारमा जाने कामदारलाई अनुचित लागतको बोझबाट मुक्त गर्ने उद्देश्यसहित फ्री भिसा, फ्री–टिकटको निर्णय लागू गरिए पनि म्यानपावर व्यवसायीले कार्यान्वयन नगरेको विभागले बताएको छ। 

विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा वैदेशिक रोजगारीका लागि खुला गरिएका देशमध्ये मलेसिया तथा खाडी मुलुकबाट कामदार माग भई सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणित हुँदाका बखत फ्री भिसा, फ्री टिकटलगायत अन्य शुल्क रोजगारदाताले बेहोर्ने भनी विवरण खुलाई सम्बन्धित म्यानपावर संस्थाले कामदार छनोटका लागि पूर्वस्वीकृतिपछिका विज्ञापनमा निःशुल्क भिसा, निःशुल्क हवाई टिकट र निःशुल्क स्वास्थ्य परीक्षण तथा कुनै पनि शुल्क नलाग्ने विज्ञापन गरे पनि कामदारबाट रकम असुल्दै आएको उल्लेख छ।

कामदार छनोट पक्षपात र अनुचित रकम असुली गरिएको विषय सार्वजनिक सञ्चार माध्यममा आएकाले विज्ञापनमा उल्लेख भएअनुसार कामदार छनोट गर्न विभागले सचेत गराएको छ।

सोही आधारमा नगरेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ अनुसार कारबाही गर्ने विभागको चेतावनी छ।

प्रकाशित: Oct 13, 2022| 11:39 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।