काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ।
आज छापावाल सुनको मूल्य यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ।
यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। यसअघि प्रतितोला एक हजार २०० रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।