बिहीबार, वैशाख ३१, २०८३

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

महोत्तरीमा श्रीमान‍्को कुटपिटबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको पिपरा गाउँपालिका-५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाइबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- महोत्तरीमा श्रीमान‍्को कुटपिटबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको पिपरा गाउँपालिका-५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाइबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

National life

गत असोज १८ गते बिहान श्रीमान‍्ले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। श्रीमान‍्को कुटाइबाट गम्भीर घाइते भएकी उनको असोज २० गते जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो।

उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो। २५ गते बिहान ११ बजे उनको उपचारका क्रममा ज्यान गएको हो। 

प्रहरीले बिमलेश यादव विरुद्ध सुरूमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो।  कविताको मृत्यु पछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले बताए।

प्रकाशित: Oct 13, 2022| 09:41 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।