सोमबार, साउन ११, २०८३

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

पाल्पा- जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ। 

प्रशासन कार्यालयले एक सूचना प्रकाशन गर्दै इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रूपमा बुझाउन आग्रह गरेको हो। 

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए। उनले आगामी २०७९ कात्तिक १० गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिएको जानकारी दिए। 

यस्तै इजाजत विनाका हतियार समेत फेला परे तत्काल बुझाउन प्रशासनले आग्रह गरेको छ। प्रहरीमा बुझाएका हतियार चुनाव सकिएपछि पुन व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: Oct 13, 2022| 09:30 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।