बिहीबार, वैशाख ३१, २०८३

कैलालीका बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौं र घरमै बसौं भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

टीकापुर– कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौं र घरमै बसौं भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो। 

National life

‘घरभिर झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियो’, श्यामले भने, ‘श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ।’

घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सक्नुभएको छैन। बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ। ‘असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दशैंको चार दिनअघि घर आएका थियौं, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौं, घर छोडेको महिना नै पुग्नथाल्यो’, श्यामले भने, ‘जीवन अस्तव्यस्त भएको छ। बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ। त्रासैत्रासमा घर सफा गर्न थालेका छौं। अब जस्तो भए पनि घरमै बस्छौं।’

टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उनको घरमा पनि सर्प देखियो। ‘घर वरिपरि पानी बगिरहेको छ। घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो। घरभित्र झारपात, हिलो र बालुवा मात्र छ’, धनाले भनिन्, ‘सारा फोहोर घरभित्र र बस्तीमा आएको छ। जताततै गन्हाएको छ। सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन्।’ 

प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ। टीकापुर ७ का अनु धामीको घरभित्र दुई किसिमका सर्प देखिए। ‘बाहिर जलमग्न भएपछि हाम्रो घरभित्र सर्प देखिए, माटोको घर हिलाम्मे भएका छन्। त्यसैमाथि किरा फट्याङ्ग्राको पनि त्रास बढेको छ’, उनले भने, ‘मौसमअनुसार वर्षा सकिने समय भएको छ तर यहाँ साउन, भदौजस्तै बस्ती जलमग्न छन्। लामखुट्टे पनि उस्तै छन्।’

बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ। भजनीकी धनादेवी विक बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गर्छिन्। 

‘बस्तीमै स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्छ। यसका साथै हामीलाई घर सरसफाइका लागि हातमा लगाउने पञ्जा, खुट्टामा लगाउने बुटजस्ता सामान सहयोग भएको भए सहज हुन्थ्यो’, उनी भन्छिन्, ‘बाढीले फोहोर थुप्रिएका घर सफा गर्न निकै कठिन छ । कतिपयका घरमा पुरुष छैनन्, महिला, बालबालिकामात्र छन्, उनीहरुले कसरी सफा गर्नु?’

लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन्। घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ। जताततै पानी हुँदा सर्प सुरक्षित ठाउको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्दछ। यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाह बताउँछन्। 

‘झुल लगाएर सुत्ने गर्नुपर्छ। पानीले दुलो भरिएर सर्प बाहिर आउने भएकाले घरभित्र सुरक्षित ठाउँ खोज्न पस्छन्, यस्तो बेला सर्पदंशका घटना हुनसक्छन्’, डाक्टर शाहले भने, ‘अस्पतालमा पानी पर्ने समयमा सर्पदंशका बिरामी आउँछन्। यसपटकको वर्षापछि तीन जना सर्पदंशका बिरामी आएका थिए।’

सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उनको सुझाव छ।  ‘घर भिजेकाले सर्प घरको धुरीवामाथि सुरक्षित ठाउँमा हुनसक्छन्’, उनी भन्छन्, ‘अनिवार्य झुल लगाएर सुत्ने, आफ्नो स्वास्थ्यको आफैंले ख्याल गर्ने गर्नुपर्छ।’ 

प्रकाशित: Oct 13, 2022| 08:50 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।