बिहीबार, वैशाख ३१, २०८३

सिभिल अस्पतालमा कार्यरत डा. पाठकद्वारा आत्महत्या

सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत चिकित्सक सुस्मिता पाठकले बुधबार आत्महत्या गरेकी छन्।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत चिकित्सक सुस्मिता पाठकले बुधबार आत्महत्या गरेकी छन्।

National life

बिरामीको शल्यक्रिया गर्दा प्रयोग हुने नशालु पदार्थ आफैँले सिरिन्जबाट प्रयोग गरी डा. पाठकले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

ललितपुरको इमाडोलमा बस्दै आएकी डा. पाठकले प्रेममा असफल भएपछि आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ। 

उनी बुधबार दिउँसोसम्म पनि कोठाबाट बाहिर ननिस्कएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले डा. पाठक बस्दै आएको कोठा फोडेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेको हो।

जनकपुर घर भई उक्त अस्पतालमा कार्यरत पाठकले सुसाइट नोटसमेत लेखेर आत्महत्या गरेको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीले मोबाइलमा फेला पारेको भिडियोमा पाठकले बेहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको बताएको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Oct 13, 2022| 08:40 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।