आइतबार, मंसिर ७, २०८२

मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटाँैडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

हेटौंडा-  यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कूल उम्मेदवारमध्ये पुरुषको तुलनामा महिलाको उम्मेदवारी कम अर्थात् १० प्रतिशत मात्र रहेको छ।

National life

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटाँैडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ।

उम्मेदवारी दिएका महिलामध्ये दुई जना महिला राजनीतिक दलबाट र पाँच जना महिला  स्वतन्त्रबाट रहेको सो कार्यालयले जनाएको छ। प्रतिनिधिसभाका लागि एक जना र प्रदेशसभाका लागि छ जना महिलाले उम्मेदवारी दिएका हुन्।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांगे्रसका नेत्री महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको छ। त्यस्तै प्रदेशसभामा मकवानपुर निर्वाचन क्षेत्र नं २ (क)बाट माओवादी केन्द्रबाट कुमारी मोक्तानले उम्मेदवारी दिएको बुझिएको छ। 

अन्य स्वतन्त्र उम्मेदवारमा लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछाने र शान्ति दाहालले उम्मेदवारी दिएको सो कार्यालयबाट जनाइएको छ। स्वतन्त्र मकवानपुर निर्वाचन क्षेत्र नं २ को (ख) बाट उम्मेदवारी दिएर प्रतिस्पर्धामा रहेका छन्। 

Laxmi sunrise bank
kumari

कार्यालयका अनुसार मकवानपुर जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका हुन्। 

उता प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दिएको छ। जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। गठबन्धनका कारण महिलाको उम्मेदवारी कम भएको आरोप लगाइएको छ।    


प्रकाशित: Oct 12, 2022| 21:20 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।