शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगार बिमालेखमा नयाँ नीतिको प्रभाव : व्यावसायमा डेढ सय प्रतिशतको वृद्धि

वैदेशिक रोजगार बिमालेखमा नयाँ नीतिको प्रभाव : व्यावसायमा डेढ सय प्रतिशतको वृद्धि

वैदेशिक रोजगार म्यादी जीवन बिमालेखबाट भदौ महिनामासम्म ५६ करोड २३ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतभन्दा बढी हो। गत भदौ महिनासम्म २० करोड रुपैयाँ मात्रै बिमाशुल्क संकलन भएको थियो।
 |  बुधबार, असोज २६, २०७९

भीमा पन्थी

भीमा पन्थी

बुधबार, असोज २६, २०७९

काठमाडौं- वैदेशिक रोजगार म्यादी जीवन बिमालेखबाट भदौ महिनामासम्म ५६ करोड २३ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतभन्दा बढी हो। गत भदौ महिनासम्म २० करोड रुपैयाँ मात्रै बिमाशुल्क संकलन भएको थियो। 

triton college

वैदेशिक रोजगारमा जाने नेपालीले गरेको बिमाबाट प्राप्त हुने बिमा शुल्कका साथै बिमालेखमा पनि उल्लेख्य वृद्धि भएको छ। गत भदौसम्म वैदेशिक रोजगार बिमालेख कुल ५ लाख ८७ हजार ५६३ जारी भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १० लाख ८९ हजार ६५१ बिमालेख जारी भएका छन्। जुन गत आर्थिक वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो। 

२७ करोड बढीको व्यावसाय गरेर सन नेपाल लाइफ अग्रस्थानमा 

बिमा समितिका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगार बिमालेख बिक्रीमार्फत 'सन नेपाल लाइफ'ले २७ करोड ५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। यो रकम जीवन बिमा कम्पनीहरुमध्ये वैदेशिक रोजगार बिमा शुल्कवापत संकलित सबैभन्दा धेरै बिमाशुल्क हो। कम्पनीले यस अवधिसम्मा ५ लाख ७७ करोड बिमा-पोलिसी बिक्री गरेको छ।

त्यस्तै दोस्रोमा सूर्या लाइफले १० करोड ७६ लाख र तेस्रोमा ज्योति लाइफले ७ करोड ९९ लाख बिमाशुल्क आम्दानी गरेको छ। 

corrent noodles
Metro Mart

सिटिजनले ३ करोड ७६ लाख, सानिमा लाइफले २ करोड ८५ लाख, रिलायबल लाइफले २ करोड ८१ लाख र आइएमई लाइफले ९८ लाख बराबरको सो प्रकारको बिमाशुल्क उठाएका छन्।

नयाँ नीतिको प्रभाव

चालु आर्थिक वर्षदेखि वैदेशिक रोजगार म्यादी जीवन बिमालेख पुलसम्बन्धी कार्यविधि खारेज गरिएको छ। बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले गत आर्थिक वर्षको अत्यमा उक्त कार्यविधि खारेज गर्दै सबै जिवन बिमा कम्पनीहरुले यस्तो बिमालेख जारी गर्न पाउने व्यवस्था गरेको थियो। 

समितिले पुलसम्बन्धी कार्यविधि खारेज गर्नुअघि वैदेशिक रोजगारी बिमा पुलमार्फत् सञ्‍चालन भइरहेको थियो। जुन पुलमा १७ वटा बिमा कम्पनीहरु आवद्ध रहेका थिए भने आलोपालो गर्दै एक पटकमा चारवटा बिमा कम्पनीले बिमालेख बिक्री गर्दै आएका थिए। 

चारवटा कम्पनीले बिमालेख बिक्री गरेर प्राप्त गर्ने बिमा शुल्क वापतको रकमपूर्व निर्धारित प्रतिशतको आधारमा सबै सदस्य जीवन बिमा कम्पनीहरुबीच बाँडफाँट गर्थे। मासिक वा त्रैमासिक प्रगति विवरणमा वैदेशिक रोजगारी बिमालेख बिक्री वापतको आम्दानी तत्काल सम्बन्धित जीवन बिमा कम्पनीले आफ्नो आयमा देखाए पनि पछि पुलमा आवद्ध अन्य जीवन बिमा कम्पनीहरुलाई समेत बाँडफाँट गर्नुपर्थ्यो। समितिले पुल प्रणाली खारेज गरेसँगै चालु आर्थिक वर्ष (२०७९ साउन १) देखि सबै जीवन बिमा कम्पनीहरुले वैदेशिक रोजगार बिमा गर्न पाउने व्यवस्था गरेको थियो। 

आधाभन्दा बढी कम्पनीलाई वैदेशिक विभागको अड्चन

बिमा समितिले सबै जीवन बिमा कम्पनीहरुको लागी वैदेशिक रोजगार बिमालेख बिक्री खुल्ला गरिदिए पनि आधाभन्दा बढी कम्पनीले भदौ महिनासम्म बिमालेख बिक्री गरेका छैनन्। बिमा समितिले जारी गरेको गत भदौ महिनासम्मको तथ्यांक अनुसार १९ वटामध्ये जम्मा ९ वटा जीवन बिमा कम्पनीले वैदेशिक रोजगारी बिमालेख जारी गरेका हुन्। 

समितिका अनुसार नेशनल लाइफ, एलआइसी नेपाल, सूर्या लाइफ, आइएमई लाइफ, ज्योती लाइफ, सन नेपाल लाइफ, रिलायबल लाइफ, सिटिजन लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले मात्र वैदेशिक रोजगारीमा जाने जनशक्तिको लागी बिमालेख बिक्री गरेका छन्। समितिले प्रकाशन गरेको तथ्यांक अनुसार यी नौमध्ये पनि एलआइसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिना भर नै नयाँ बिमालेख बिक्री नै गरेका छैनन्।

स्रोतका अनुसार वैदेशिक विभागले स्वीकृत नदिँदा बाँकी कम्पनीहरुले व्यवसाय सञ्चालन गर्न नसकेका हुन्। जीवन बिमा कम्पनीका एक कार्यकारी अधिकृत (सिईओ)ले वैदेशिक रोजगार विभागबाट बिमालेख जारी गर्नको लागि स्वीकृति नपाएको गुनासो गरे। ‘आफ्ना हरेक व्यावसाय गर्दा सम्बन्धीत निकाय कतिलाई खुसि बनाउँनु?,’उनले भने, ‘विभागका कर्मचारीलाई खुसी नपार्दासम्म फाइल अघि बढ्न नसकेको हो।’ उनका अनुसार अहिले प्राविधिक कारण भन्दै स्वीकृत अड्काएका छन्। पहिलो पटक बिमालेख बिक्री सेवा शुरु गर्न कर्मचारी खुसि बनाउनुपर्ने आशय देखिएको उनको भनाई छ। 

वैदेशिक रोजगार म्यादी जीवन बिमा अनिवार्य बिमा हो। वैधानिकरुपमा वैदेशिक रोजगारमा जाने सबैका लागि वैदेशिक रोजगार विभागले दुर्घटना बिमा अनिवार्य गरेको हो। वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


प्रकाशित: Oct 12, 2022| 18:55 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्