आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • जितसँगै एपीएफ शीर्ष स्थानमा, दोस्रो खेलमा सुदूरपश्चिमको पहिलो जित

जितसँगै एपीएफ शीर्ष स्थानमा, दोस्रो खेलमा सुदूरपश्चिमको पहिलो जित

पहिलो जितसँगै दुई अंक जोडेको एपीएफ समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ भने दोस्रो खेलमा पहिलो जित निकालेको सुदूरपश्चिम दोस्रो स्थानमा छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार सम्पन्न महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जित निकालेका छन्। पहिलो जितसँगै दुई अंक जोडेको एपीएफ समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ।

National life

दोस्रो खेलमा पहिलो जित निकालेको सुदूरपश्चिम दोस्रो स्थानमा छ। उसले दुई खेलबाट दुई अंक जोडेको छ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले आयोजक गण्डकी प्रदेशलाई ६ विकेले हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीेले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर ५९ रन जोडेको थियो।

आफूले पाएको ६० रनको लक्ष्यलाई १० ओभर दुई बलमा चार विकेट गुमाएर सुदूरपश्चिमले पूरा गरेको थियो। खेलमा गण्डकीकी सृष्टि जैशीले सर्वाधिक २८ रन बनाएकी थिइन्। अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

सुदूरपश्चिमका लागि रितु कनौजियाले दुई विकेट लिइन्। जवाफमा सुदूरपश्चिमका स्नेहा महराले २१ र रितु कनौजियाले २२ रनको योगदान गरेका थिए। गण्डकीकी शिला क्षेत्रीले दुई विकेट लिइन्।

Laxmi sunrise bank
kumari

मंगलबार नै भएको अर्को खेलमा बागमती प्रदेशलाई एपीएफले चार विकेटले हराएको छ। बागमतीबाट पाएको ९० रनको लक्ष्यलाई पाँच बल बाँकी रहँदै ५ विकेट गुमाएर एपीएफले पूरा गरेको थियो।

पहिले ब्याटिङ गरेको बागमतीका लागि अश्मिना कर्माचार्य र सुमन खतिवडाले समान १९–१९ रन बनाएका थिए। खेलमा एपीएफले अतिरिक्त २० रन दिँदै रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान १–१ विकेट लिए।

जवाफमा सुदूरपश्चिमकी रोमा थापाले २२ र ममता चौधरीले १७ रन बनाए। सीता राना मगर र नेरीले समान १६–१६ को पारी खेले। बागमतीका तर्फबाट सोनी पाख्रिन र सुमन खतिवडाले समान २–२ विकेट लिएका थिए।

पहिलो खेलमा जित निकालेको मधेस तेस्रो र दुईमध्ये पहिलो खेलमा जित निकालेको बागमती तेस्रो  स्थानमा छ। दुवै खेलमा हारेको गण्डकी भने समूहमो पुछारमा रहेको छ।

प्रकाशित: Oct 11, 2022| 17:14 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।