शनिबार, वैशाख २२, २०८१

टिकट वितरणमा परिवारवादको निरन्तरताः सबैभन्दा बढी माओवादीमा

आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ सबै राजनीतिक दलका शीर्ष नेतृत्वले पार्टीमा योगदान गरेकालाई पाखा लगाएर छोरीज्वाइँ, भाइभतिजा, श्रीमान्–श्रीमतीलाई टिकट दिलाएर परिवारवादको चास्नीमा फस्नुका साथै राजनीतिमा बचेखुचेको नैतिकता र इमानको धज्जी उडाएका छन्।
 |  मंगलबार, असोज २५, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

मंगलबार, असोज २५, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्तासमेत भइसकेको छ। उम्मेदवारका लागि योग्य भएर पनि फरक मत राख्ने र नेतृत्वलाई प्रतिप्रश्न गर्ने कतिपय नेताले यस पटक टिकट पाएनन्। सदाझैं यस पटक पनि राजनीतिमा ‘नेपोटिजम्’ अर्थात् परिवारवाद भने यथावत् रह्यो। योग्य उम्मेदवारलाई पाखा लगाए पनि आफ्ना आसेपासे तथा परिवारभित्रैका सदस्यलाई नै विभिन्न राजनीतिक दलको नेतृत्वले यस पटक पनि टिकट बक्सिएको छ।

triton college

आफन्तलाई टिकट दिने दौडमा सबैभन्दा अगाडि १० वर्षे सशस्त्र जनयुद्ध गरेर संसद् छिरेको नेकपा माओवादी पार्टीमा देखिएको छ। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तीन जना सदस्य प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बन्दा वर्षमान–ओनसरी, देवेन्द्र–बलावती, महेश्वर–पार्वती दम्पत्ती चुनावी दौडमा छन् भने अन्य नेताहरूले पनि आफन्तलाई उम्मेदवारका रूपमा अघि सारेका छन्। 

पार्टीमा नातावादको सबैभन्दा बढी संरक्षण गरेको भनी आलोचित भइरहने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारबाट पनि ३ जना उम्मेदवार छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई यस पटक छोरी मानुषीलाई अघि सारेर आफू चुनाव उठेनन्। भट्टराईकी छोरी मानुषी श्रीमती हिसिला यमी चुनाव उठ्दै आएको काठमाडौं–७ बाट उठ्दैछन्। छोरीलाई अघि सारेर बाबुराम चुनाव नउठेपछि प्रचण्ड चुनाव लड्न बाबुरामको क्षेत्र गोरखा–२ पुगेका छन्। उनै प्रचण्डकी बुहारी बिना मगर कञ्चनपुर–१ बाट माओवादीबाट उम्मेदवार भएकी छन्। छोरीज्वाइँ जीवन आचार्यलाई प्रचण्डले मोरङ ६ (क)बाट प्रदेश उम्मेदवार बनाएका छन्।

माओवादी अध्यक्ष प्रचण्ड। उनले गोरखा-२ बाट उम्मेदवारी दिएका छन्।
माओवादीका उपमहासचिव वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती दुवै प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। पुन रोल्पाबाट र घर्ती काठमाडौं–२ बाट चुनाव लड्दै छन्। यस्तै, माओवादीबाटै शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ–२ बाट चुनाव लड्दै छन् भने उनकी श्रीमती बलावती शर्मालाई माओवादीले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ। खेलकुदमन्त्री महेश्वर गहतराज बाँके–१ बाट प्रतिनिधिसभा उम्मेदवार बन्दा उनकी श्रीमती पार्वती माओवादीबाटै प्रदेशसभाको समानुपातिक उम्मेदवार बनेकी छन्।

corrent noodles
Metro Mart
आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ सबै राजनीतिक दलका शीर्ष नेतृत्वले पार्टीमा योगदान गरेकालाई पाखा लगाएर छोरीज्वाइँ, भाइभतिजा, श्रीमान्–श्रीमतीलाई  टिकट दिलाएर परिवारवादको चास्नीमा फस्नुका साथै राजनीतिमा बचेखुचेको नैतिकता र इमानको धज्जी उडाएका छन्।

यद्यपि परिवारभित्रकै सदस्य भए पनि बिना मगर, बलावती र ओनसरीको माओवादी जनयुद्धमा उत्तिकै योगदान थियो।

बलात्कार आरोप लागेपछि राजनीतिक ‘करियर’ ओरालो लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा यस पटक आफू स्वयं भने उम्मेदवार छैनन्। तीन ठाउँबाट सिफारिस भए पनि अन्तिममा चुनाव नलड्ने घोषणा गरेर उनले अब आफू ‘समाजसेवा’मा लाग्ने बताएका छन्। तर आफंै चुनाव नलडे पनि उनले छोरीलाई भने सांसद बनाउन अघि सारेका छन्। छोरी कुश्मा महराको नाम उनले लुम्बिनी प्रदेशसभा सांसदका लागि समानुपातिक उम्मेदवारका रूपमा राखेका छन्।

agni sapkota
निवर्तमान सभामुख अग्नि सापकोटा। उनी यसपटक चुनाव लडेनन् तर भतिजालाई टिकट दिलाए।
निवर्तमान सभामुखसमेत रहेका माओवादी नेता अग्नि सापकोटाले यस पटक उम्मेदवार नबन्ने घोषणा गरे। तर आफू उम्मेदवार नबने पनि पार्टीमा जोडबल गरेर आफ्ना भतिजा माधवलाई आफ्नै क्षेत्र सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनाएका छन्।

यसैगरी जाजरकोटबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार रहेका शक्ति बस्नेतले बहिनी ज्ञानुलाई राजनीतिमा अघि सारेका छन्। अन्य अग्रज महिला नेतृहरूलाई छुटाएर बहिनी ज्ञानुलाई बस्नेतले जोडबल गरी समानुपातिक उम्मेदवार बनाएका छन्। यस्तै, जाजरकोटबाट प्रतिनिधिसभा निर्वाचनमा माओवादी उम्मेदवार जनार्दन शर्माले बहिनी नारायणीलाई समानुपातिकमा पारेका छन्।

नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील कतिपय नेताहरूको नाम सिफारिसमा पर्नै कठिन भए पनि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम पाँच क्षेत्रबाट सिफारिस भयो। राणाले बर्दिया–२, कञ्चनपुर–१ र कैलाली–५ मा सबैभन्दा बढी जित सुरक्षित हुन सक्ने स्थानको अध्ययन गरिन्। अन्ततः २०७४ मा पराजित भएकै कैलाली–५ बाट नै चुनाव लड्ने मनस्थितिमा उनी पुगिन्। तर पराजय पक्का देखेपछि उनी ‘ब्याक’ भइन् र डडेल्धुराबाट समानुपातिकमा बसिन्। देउवा परिवारबाटै प्रधानमन्त्रीका भतिज प्रकाश देउवालाई कांग्रेसले कैलाली–५ (ख)बाट उम्मेदवार बनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा। उनी डडेलधुराबाट प्रत्यक्ष लड्दैछन् भने पत्नी आरजु राणा देउवा समानुपातिक सूचीमा छिन्।
कांग्रेसबाटै गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–२ बाट उम्मेदवार बन्दा श्रीमती मञ्जु खाँण समानुपातिक उम्मेदवार रहेकी छन्। 

परिवार केन्द्रित राजनीतिको आरोप लाग्ने गरेको कोइराला परिवारबाट यस पटक पनि ३ दाजुभाइ कांग्रेस उम्मेदवार छन्। शशांक नवलपुर र शेखर मोरङ–६ बाट प्रतिनिधिसभा उम्मेदवार बन्दा गिरिजापुत्री सुजाताले मोरङ–२ बाट टिकट पाएकी छन्। मोरङ–२ मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र हो, यस पटक कांग्रेसले उनलाई टिकटै दिएन।

यसैगरी नेकपा एमालेबाट यस पटक पनि रघुवीर महासेठ र जुली महतो दम्पती प्रतिनिधिसभामा भिड्दैछन्। महासेठ धनुषा–४ बाट चुनाव उठ्दै गर्दा उनकी श्रीमती जुली धनुषा–३ बाट एमाले उम्मेदवार रहेकी छन्।

दाङ–२ बाट उम्मेदवार बनेका एमाले उम्मेदवार शंकर पोखरेलकी बहिनी मेनका समानुपातिकमा पर्दा इलाम–२ का उम्मेदवार सुवास नेम्बाङले भाइ वसन्तलाई पाँचथरबाट प्रत्यक्ष प्रतिनिधिसभा उम्मेदवारको टिकट दिलाएका छन्।

जसपाका नेता अशोक राईले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। उनकी श्रीमती सुशीला श्रेष्ठ जसपाबाट समानुपातिक उम्मेदवार रहेकी छन्।


प्रकाशित: Oct 11, 2022| 18:05 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...