आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदमा फुटबलः महिलाको स्याङ्जामै, पोखरामा हुने खेलको अन्तिम तालिका अझै आएन

नवौं राष्ट्रिय खेलकुदमा फुटबलः महिलाको स्याङ्जामै, पोखरामा हुने खेलको अन्तिम तालिका अझै आएन

महिलाका सबै खेल एकै ठाउँ हुने भए पनि पुरुषको कुन खेल कहाँ हुने भन्ने तालिका अहिलेसम्म सार्वजनिक भइसकेको छैन। पोखरा रंगशालाको व्यस्तता हेरेर खेल समय र स्थल तालिका मिलाइने।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदका लागि खेलतालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघको सहयोगमा राष्ट्रिय खेलकुदको आयोजक समितिले महिला तथा पुरुषको फुटबलको खेलतालिका सार्वजनिक गरेको हो।

National life

दुवैतर्फका खेल २७ असोजबाट ३ कात्तिकसम्म सञ्चालन हुनेछन्। यी दुवै खेलको क्लोजिङ भने पोखरा रंगशालामा हुने तय थियो। तर आयोजक समितिले पुरुषतर्फको खेल भने सुरुमा गोस्टेघाटमा गर्ने तय गरेको थियो।

यद्यपि अहिले धेरै खेल पोखरा रंगशालामा सारिएको खेलस्थल व्यवस्थापन उपसमिति सचिव कृष्णप्रसाद तिमल्सिनाले बताए। ‘सुरुमा गोस्टेघाटमा गर्ने भनिएको थियो। पछि पोखरा रंगशालामा सारिएको हो,’ उनले भने।

तर पोखरा रंगशालामा धेरै प्रतियोगिताका साथै उद्घाटन र समापन समारोहसमेत हुने भएकाले सबै खेल यहाँ गर्न नसकिने तिमल्सिनाले बताए।  महिलाको फाइनल खेल पोखरा रंगशालामा हुने भनिए पनि अब स्याङ्जाको वालिङमै हुने भएका छन्।

महिलाका सबै खेल एकै ठाउँमा हुने भए पनि पुरुषको कुन खेल कहाँ हुने भन्ने तालिका भने अहिलेसम्म आइसकेको छैन। सचिव तिमिल्सिनाले अब पोखरा रंगशालाको व्यस्तता हेरेर खेल समय र स्थल तालिका मिलाइने  बताए।

Laxmi sunrise bank
kumari

‘फुटबलको समापन पोखरा रंगशालामा नहुने सम्भावना धेरै छ,’ उनले भने, ‘त्यहाँ समापन कार्यक्रम गर्नुपर्ने हुन्छ। अन्य दिन रिहल्सलको काममा बाधा पर्ने भयो भने गोस्टेघाटमै खेल हुनेछन्।’

फुटबल प्रतियोगितामा महिलातर्फ १० टोली समावेश भएका छन् भने पुरुषतर्फ ११ टिम सम्मिलित छन्। महिलातर्फ एनआरएनएको टिम छैन। पुरुषमा भने छ। यसबाहेक सात प्रदेश र तीन विभागीय टिम दुवैतर्फको खेलमा समावेश हुने भएका छन्।

पुरुषतर्फ पहिलो दिनको खेलमा एनआरएनएले प्रदेश १ को सामना गर्नेछ। यो खेल दिनको साढे १२ बजे सुरु हुनेछ। त्यस्तै, सोही दिन बागमतीले मधेस प्रदेशको सामना गर्नेछ। समूह चरणका खेल असोज मसान्तसम्म हुनेछन् भने १ कात्तिकमा सेमिफाइनल हुने तालिकामा उल्लेख छ। 

फाइनल र तेस्रो स्थानका लागि खेल ३ कात्तिकमा हुनेछ। महिलातर्फ पनि सोही तालिका रहेको छ। ३ कात्तिकमै समापन हुने भएकाले दुवै विधाको फाइनल खेल पोखरा रंगशालामा नहुने सम्भावना धेरै छ। तर अन्तिम तालिका भने आइसकेको छैन।


प्रकाशित: Oct 11, 2022| 14:25 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।