शुक्रबार, असार ५, २०८३

यी हुन् निर्वाचनबाट बाहिरिएका नेता

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वैच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– २०६२/६३ को आन्दोलन र गणतन्त्र स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपालि भने कुनै पनि उम्मेदवारीमा देखिएनन्।  

National life

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वैच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका हुन्। निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्रका लागि सयौंले उम्मेदवारी दिएका छन्। त्यसमा कतिपय चर्चित अनुहार देखिएनन्।  

नेपाली कांग्रेसबाट यो निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवारका रुपमा देखिएनन्।  

यसैगरी नेकपा एमाले नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल (पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि कुनै पनि उम्मेदवारका रुपमा देखिएनन्।

निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरू हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी देखिएन। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन्।

Shivam cement

निर्वाचन आयोगका अनुसार आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष २ हजार २ सय ६९ र महिला २ सय ३३ गरी २ हजार ५ सय २ जना उम्मेदवार रहेका छन्। यस्तै, प्रदेशसभातर्फ पुरुष ३ हजार १ सय ३९, महिला २ सय ९६ र १ अन्य गरी कुल ३ हजार ४ सय ३६ उम्मेदवार रहेका छन्।

निर्वाचनका लागि मतदाता नामावलीमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता संख्या छ। यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८ सय ६, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ छ। निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचनका लागि आयोगले २० असोजसम्म पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १ सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।

प्रकाशित: Oct 10, 2022| 15:51 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...